मनिष गुप्ता | असोज १८, कपिलवस्तु । बुधबार कपिलवस्तुको गणेशपुर ८, दत्तपुरमा  सुबिया पठानको कोखबाट जन्मिएकी दुई टाउके नवशिशु (बालिका) को मंगलबार बिहान मृत्यु भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिष गुप्ता | असोज १८, कपिलवस्तु । बुधबार कपिलवस्तुको गणेशपुर ८, दत्तपुरमा  सुबिया पठानको कोखबाट जन्मिएकी दुई टाउके नवशिशु (बालिका) को मंगलबार बिहान मृत्यु भएको छ "/>
2026-09-16 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आठ दिन नपुग्दै दुई टाउके नवशिशुको मृत्यु

मनिष गुप्ता | असोज १८, कपिलवस्तु । बुधबार कपिलवस्तुको गणेशपुर ८, दत्तपुरमा  सुबिया पठानको कोखबाट जन्मिएकी दुई टाउके नवशिशु (बालिका) को मंगलबार बिहान मृत्यु भएको छ ।

आर्थिक अभावले उपचार गराउन नसकेपछि शिशुको मृत्यु भएको हो । जिल्लामा पहिलो पटक अनौठो शिशु (बालिका) को जन्म भएको थियो । निम्न परिवारमा जन्मिएकी अनौठो बालिकाले समयमा उपचार पाउन नसकेपछि उनको मृत्यु भएको स्थानीय दिनेश चौधरीले जानकारी दिनुभयो । दुई टाउका भएको शिशु जन्मिएको विभिन्न संचारमाध्यमले सम्प्रेषण÷प्रसारण गरेको खबरले विभिन्न व्यक्ति अनौठो शिशु हेर्न त्यहाँ पुगे । आर्थिक अभावकै कारण छोरीको उपचार गराउन नसकेको जाबेद पठानले दुःखेसो पोख्नुभयो । सम्बन्धित निकायले समेत उपचारमा कुनै चासो देखाएनन् उहाँले गुनासो गर्नुभयो ।

दुई टाउकामध्ये शिशुको सानो टाउकोमा अनुहारका सम्पूर्ण आकृति विकास भएपनि ठूलो टाउकोमा अनुहारको आकृति विकास भएको थिएन । शिशु जन्मेको चौथो दिनसम्म दुध चुस्ने गरेपनि पाँचौं दिन स्वास्थ्य अवस्था खराब भई मंगलबार विहान ३ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जनाएकाे छ । शिशु गुमाउनुपरेकोमा अहिले परिवार चिन्तित बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु