२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यस वर्ष १० वटा जहाज थप्छौँ : मन्त्री किराती

२०८०, २८ आश्विन आईतवार ०७:५३

असोज २८, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा नेपाल वायुसेवा निगमका १० वटासम्म जहाज खरिद गर्ने बताएका छन्।

आइतवार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए। उनले सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए। उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए।


उनले भने, ‘अहिले फ्युल तीन डबललले बढेको छ। स्वभाविक रुपमा ३५ प्रतिशत भाडा रेट फ्युलले बढेको छ। भ्याट १३ प्रतिशत जोडियो। यसले पनि अलिकति भयो, मेरो मन्त्रालयबाट टारेर टर्दैन। हामीले र हाम्रो मन्त्रालयले हुँदै गरेको कालाबजारी टिकट ६ हजारमा किनेर १० हजारमा बेच्ने यो कुरामा भोलि नै हामी सबैसँग छलफल गरेर मन्त्रालयले वक्तव्य जारी गर्छ। भारत जान ११ हजार र सुर्खेत जान १६ हजार लाग्नुपर्ने कारण भनेको तेल नै संसारको भन्दा डबल, त्रिबल महंगो छ।’

उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे। उनले दशैँअघि नै  औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए। उनले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैँभर सञ्चालन गर्ने बताए।

उनले भने, ‘जहाज दुई वटा छ हाम्रो। उड्नुपर्ने २२ वटा छ, स्टल रुटमा उड्ने दुई वटा छ। हामी सम्पूर्ण शक्ति लगाएर हामी जहाज खरिद गर्ने प्रक्रियामा छौँ, यो वर्षमा हामी नौ, दश वटा जहाज थप्ने थप्ने। यो नथपी न पर्यटक आउँछन्, न भाडामा देखिएको विसंगतिमाथि हस्तक्षेप हुनसक्छ। न सहज ढंगले आवागमन हुनसक्छ। संस्कृति काम गर्ने छैन, सिक्नेचर गरेपछि जेल परिन्छ भन्ने मान्यता छ। कडाइका साथ कानून भन्दा बाहिर नगइ काम गराउँछु।’

कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा