२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रपति पौडेलद्वारा कैद माफी पाएका लोकबहादुर विक हत्या आरोपमा पक्राउ

२०८०, २ कार्तिक बिहीबार ०३:५७

कार्तिक २, रुकुम पश्चिम | सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाएका युवक जेलबाट छुटेको एक महिना नपुग्दै हत्या आरोपमा पक्राउ परेका छन्।

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-९ का ३३ वर्षीय लोकबहादुर विकलाई हत्या आरोपमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो।

मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसिकोट नगरपालिका-७  साँखुकी २७ वर्षीया भावना बिकको हत्या आरोपमा लोकबहादुरलाई पक्राउ गरेको रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए |

मंगलबार (असोज ३०) गते बिहान खलंगाको सत्कार होटलमा हत्या गरिएको अवस्थामा भावनाको शव फेला परेको थियो। उनको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि शवलाई शिरकले छोपेर राखिएको अवस्थामा भेटिएको थियो। प्रहरी अनुसन्धानका अनुसार गत आइतबार (असोज २८ गते) लोकबहादुर र भावनाले होटलको कोठा बुक गरेका थिए । 

त्यसको भोलिपल्ट कोठामा ताला लगाएर लोकबहादुर फरार भएका थिए। ढोका बन्द देखेर शंका लागेपछि होटल सञ्चालकले बिहान ८ बजेतिर प्रहरी बोलाएर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको थियो। सोही दिन पक्राउ परेका लोकबहादुरलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो।

भावनाको श्रीमान र लोकबहादुरकी श्रीमती वैदेशीक रोजगारमा छन्। प्रहरीका अनुसार दुवै जना बीच प्रेम सम्बन्ध (अनैतिक) रहेको खुलेको छ।

सोही सम्बन्धका कारण भावनाले आफू गर्भवती भएका कारण विवाहको प्रस्ताव गरेकी थिइन्। सोही कारण लोकबहादुरले उनको हत्या गरेको बयान दिएका छन् । लोकबहादुरले भावनाको हत्या गरेको प्रहरीसामू स्वीकार गरिसकेका छन्।

बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतको फैसला अनुसार ११ महिना कैद तोकिएका लोकेन्द्र ६ महिना कैद भुक्तान गरेर संविधान दिवसका अवसरमा सजाय माफी पाएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका थिए । 

मृतक भावनाकी सासुआमा उजेली कामीले बुधबार कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला अदालतबाट स्वीकृती लिई लोकबहादुरलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा