२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हङकङले १६ रनले हरायो कुवेतलाई

२०८०, १३ कार्तिक सोमबार ११:३६

कात्तिक १३, काठमाडौँ | टी—२० विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न चौथो खेलमा हङ्कङले कुवेतलाई १६ रनले पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कुवेतले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो । जारी छनोट प्रतियोगितामा समूह ‘बी’ को यो दोस्रो खेल हो । यसअघि सोमबार नै खेलिएको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले बहराइनलाई पाँच विकेटले हराएको थियो ।

समूह ‘बी’ दुई अंकसहित हङ्कङ पहिलो र समान अंक जोडेको यूएई दोस्रो स्थानमा छन् । नेट रन रेटमा यूएईभन्दा हङकङ अगाडि छ । हङ्कङको जितमा ब्याटिङतर्फ ओपनर मार्टिन कोएट्जीले ८१ रनको योगदान गरे । उनले केवल ४८ बलमा एक छक्का र १४ चौका पनि हिर्काए ।

ओपनिङ विकेटका लागि मार्टिन र कप्तान निजाकत खानले एक सय एक रनको साझेदारी गरे । निजाकत खानले पनि २४ बलमा दुई चौकाको मद्दतले २५ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान बाबर हायातले पनि टोलीको खातामा ३१ रन थपे । उनले २७ बलमा दुई छक्का र एक चौका हिर्काएका थिए ।

कुवेतका बलर सैयद मोनिबले दुई विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको कुवेतका लागि कप्तान मोहम्मद असलमले ५२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३९ बलमा एक छक्का र ६ चौका पनि हिर्काएका थिए ।

विकेट किपर ब्याट्सम्यान उसमान पटेलले पनि २९ रन बनाएका थिए । उनले २४ बलमा एक छक्का र तीन चौका प्रहार गरे । बिलाल ताहिरले पनि ३६ रन बनाएका थिए । उनले केवल २६ बलमा तीन छक्का र एक चौका प्रहार गरे । 

हङ्कङका बलर इजाज खानले तीन विकेट लिएका थिए । एहसान खान र आयुष शुक्लाले पनि दुई—दुई विकेट हात पारेका थिए । जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप खेल्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा