२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलबाट छिटो लास ल्याइदिन पदम र राजनका परिवारको माग

२०८०, १३ कार्तिक सोमबार १२:०८

कात्तिक १३, काठमाडौँ | प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका डोटीका दुई युवा विद्यार्थीहरुको शव सनाखत भएसँगै छिटो नेपाल ल्याइदिन परिवारजनले माग गरेका छन् ।

इजरायलस्थित नेपाली दूतावासले डोटी आदर्श गाउँपालिका- ५ का पदम थापा र शिखर नगरपालिका- ६ का राजन फुलाराको शव पहिचान भएको पुष्टि गरेको थियो । फुलारा र थापासँगै मारिएका अर्का नेपाली विद्यार्थी सल्यानका प्रकाश भण्डारीको पनि शव पहिचान भएको दूतावासले जनाएको छ ।


शव पहिचानका लागि सरकारले कात्तिक ६ गते मृतकका आमा बुवाको स्वाब संकलन गरी इजरायल पठाएको थियो । स्वाब १० गते इजरालय पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिएका थिए ।

शव पहिचानसँगै मृतकका आफन्तहरुले लास छिटो ल्याइदिन माग गरेका छन् । मृतक पदमका दाई दानबहादुरले भने, ‘सुरुमा त भाइको मृत्यु भयो भन्ने विश्वास नै लागेको थिएन, शव पहिचान नभएकाले झिनो आश थियो । अब सबै आश सकियो, लास छिटो ल्याइदिए हुन्थ्यो ।’

उनका अनुसार सुगर र प्रेसरले थलिएका बुवाले औषधिसमेत खान छोडेका छन् ।

राजनका आफन्तहरुले पनि लास छिटो ल्याइदिन आग्रह गरेका छन् । राजनका आफन्त टीका फुलारा भन्छन्, ‘आज २३ दिन भइसक्यो, लासको सतगत नगरेसम्म अरु कुनै संस्कार गर्न मिल्दैन ।’

राजनका बुवा घनश्याम एक्लै एक्लै बर्वराउने, घरबाट निस्किने गर्न थालेको टीका बताउँछन् ।

‘एक्लो छोरो थियो, मरिहाल्यो, अब कसका लागि बाँच्नु छ र भन्नुहुन्छ’, टिका भन्छन्, ‘घरबाट एक्लै निस्किनु हुन्छ, खोजेर सम्झाएर राख्नुपर्ने भएको छ ।’

राजनकी आमा लक्षिमादेवी पनि बिरामी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा