२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जाँडरक्सी खाएर महिलालाई दुर्व्यवहार गरेपछि डीएसपी भट्टराईमाथि छानबिन

२०८०, १४ कार्तिक मंगलवार ०९:३५

कार्तिक १४, काठमाडौँ | मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि छानबिन थालिएको छ ।


‘कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उहाँमाथि छानबिन गरिरहेको छ, केन्द्रबाट पनि छानबिनका लागि समिति बनाउने तयारी छ’, उनले भने, ‘उहाँलाई दशैंबाट अगाडि नै निलम्बन समेत गरिएको छ ।’

प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ । उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ ।

२०७७ सालको वैशाख अन्तिममा इलाका प्रहरी कार्यालय, बुटवलको प्रमुख रहेका बेला पनि भट्टराई यस्तै प्रकरणमा कारबाहीमा परेका थिए ।

मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार गरेपछि उनलाई तत्कालीन ५ नं. प्रदेश प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु