२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्पबाट ११ जिल्ला प्रभावित, १५७ को मृत्यु, २५६ घाइते

२०८०, १९ कार्तिक आईतवार ०८:३१

कात्तिक १९, काठमाडौं | जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ ।  एघार जिल्लाहरू क्रमशः जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ । 


मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार केन्द्रबिन्दु जाजरकोटमा मात्रै एकसय ५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । आज १२ बजेसम्मको अवस्था अनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । भूकम्पले ९ सय ३२ घरमा पूर्ण क्षति र दुई हजार आठसय ३८ वटा घरमा आंशिक क्षति भएको छ ।

जाजरकोटमा मात्रै एक सय १२ जना घाइते, ९ सय ५ वटा घरमा पूर्ण क्षति र दुई हजार ६ सय ८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा भने ५२ जनाको मृत्यु, एक सय ३२ जना घाइते भएका छन् । रुकुम पूर्वमा १९ वटा घरमा आंशिक क्षति भएको छ । सल्यानमा भने दुई जना घाइते भएका छन् भने २५ वटा घरमा पूर्ण क्षति र ९७ वटा घरमा आंशिक क्षति भएको छ । 

मन्त्रालयका अनुसार रोल्पामा एक जना, दैलेखमा तीन जना, बैतडीमा तीन जना र जुम्लामा तीन जना घाइते भएका छन् । नवलपरासी पूर्व, दैलेख, दाङ र प्युठानमा क्रमश : एक–एक, ६ र २९ वटा घरहरूमा आंशिक क्षति पुगेको छ । दैलेख र बैतडीमा भने एक÷एक घरमा पूर्ण क्षति भएको छ । 

भूकम्प प्रभावित जिल्लामा नेपाल प्रहरीका आठ सय ७४ जना, सशस्त्रका चार सय ८५ जना र सेनाका दुई सय दुई जना परिचालित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय