२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पश्चिममा अझै खतरा टरेको छैन

२०८०, १९ कार्तिक आईतवार ०९:१६

कात्तिक १९, काठमाडौँ | असोज महिनायता पश्चिम नेपालको तीन जिल्लामा ५ रेक्टर स्केलभन्दा माथिका चारवटा भूकम्प गएका छन् । २०८० असोज १६ गते बझाङमा एकैदिन ६ दशमलव ३ म्याग्निच्युड र ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको चार दिनपछि अर्थात् असोज २० गते बाजुरामा ५ दशमलब ३ म्याग्निच्युडको अर्को भूकम्प गयो । हिजो शुक्रबार ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो भने शनिबार साँझसम्म १ सय १५ पटक पराकम्प गएको थियो । परकम्प जाने क्रम अझै जारी छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा अझै खतरा कायमै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘५ सय वर्षदेखि सो क्षेत्रमा भूकम्प गएको थिएन । शुक्रबार मध्यरातमा गएको भूकम्पको कारण अर्बौं रुपियाँ बराबरको धनजनको क्षति भएको छ । भूकम्पको पूर्वअनुमान गर्न सकिदैन, तैपनि सो क्षेत्रमा खतरा कायमै छ । मध्यरातमा आएको भूकम्पको कारण ठुलो मानवनीय क्षति भएको छ ।’


भूकम्प मापन केन्द्रका अनुसार २०७९ माघ १० गते गते बाजुरा केन्द्रबिन्दु भएर ५ दशमलब ९ रेक्टरको भूकम्प गएको थियो भने २०८० वैशाख १४ गते पुनः सोही जिल्लामा ५ दशमलव ९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । लामो समयदेखि पश्चिम भूकम्प नगएका कारण त्यहाँ भूकम्पको ठुलो जोखिम रहेको जानकारी दिँदै अधिकारीले भन्नुभयो– ‘नेपाल देश नै भूकम्पको उच्च जोखिम भएको मुलुक हो । त्यसमध्ये पश्चिम नेपालमा उच्च जोखिम रहेको छ । पछिल्लो समय पश्चिम नेपालको रूकुम, रोल्पा, मुगु, दैलेख, बझाङ, मुगु, जाजरकोट, हुम्ला, जुम्ला, गोरखा, अछाम, लमजुङ, वाग्लुङलगायतका जिल्लामा ४ रेक्टर स्केलको करिब आधा दर्जन बढी भूकम्प गएको छ ।

नेपालमा शक्तिशाली भूकम्प गएको ८ वर्षपछि जाजरकोट केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ । यसअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाई ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा करिब ९ हजारको मृत्यु भएको थियो भने २२ हजार घाइते भएका थिए । ८ वर्षयता नेपालमा हालसम्म ५५ हजारभन्दा बढी पराकम्प र भूकम्पको रेकर्ड भएको छ । तथ्यांकअनुसार २०७२ सालयता हालसम्म ४ रेक्टर स्केलभन्दा माथि ५ सय ८३ वटा भूकम्प मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय