२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साङ्गीतिक कार्यक्रमका अमेरिका पुगेका गायक हर्कुलस बस्नेत न्युयोर्कबाट सम्पर्कविहीन

२०८०, १९ कार्तिक आईतवार १०:१६

कात्तिक १९, काठमाडौँ | साङ्गीतिक कार्यक्रममा अमेरिका पुगेका गायक हर्कुलस बस्नेत अमेरिकाको न्युयोर्कबाट सम्पर्कविहीन भएका छन् । साङ्गीतिक कार्यक्रमका लागि पहिलोपटक अमेरिका पुगेका गायक हर्कुलस बस्नेत न्युयोर्कको कार्यक्रममा सहभागी अगाडि नै फरार भएको अमेरिकाबाट सञ्चालित मिडिया मकैहाउस न्युज डटकमले जनाएको छ ।

मकैहाउसका अनुसार बस्नेत गत अक्टोबर ३१ मा बोस्टनको कार्यक्रम सकाएर न्युयोर्क पुगेका थिए । न्युयोर्कबाट नोभेम्बर १ मा साथी भेट्छु भनी गएर सम्पर्कविहीन भएका छन् । उनले नोभेम्बर ३ को कार्यक्रममा पनि सहभागी भएनन् । बस्नेतसँगै अमेरिका पुगेकी अस्मिता अधिकारीले भने कार्यक्रममा प्रस्तुति दिएकी छन् ।


न्युयोर्कको कार्यक्रम सहभागी पनि नरहेको, फोनमा जबाफ नदिने र टेक्स्ट म्यासेज हेर्ने तर प्रतिउत्तर नदिनुले उनी फरार भएको अनुमान गरिएको कार्यक्रम आयोजकमध्ये एक सरद युवराज सिंहले बताए । गायक बस्नेत फरार भएको विषयमा युएसए पोस्टले पनि समाचार बनाएको छ ।

गायिका अस्मिता अधिकारीका साथ बस्नेत पिथ्री (कलाकार) भिसामा अमेरिका पुगेका थिए । ‘दसैँ तिहार २०२३’ फेस्ट म्युजिकल युएसए यात्रा’ नाम रहेको कार्यक्रम दसैँ र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहर डल्लास, ओहायो, बोस्टन, न्युयोर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा तय गरिएको थियो । 

हर्कुलस डल्लास, एक्रोन ओहायो, बोस्टनको कार्यक्रमपछि फरार भएका हुन् । नोभेम्बर ५ मा क्यालिफोर्निया हुने कार्यक्रममा पनि बस्नेत सहभागी नहुने आयोजकको भनाई छ ।

यस विषयमा गायकसँग सम्पर्क गर्ने प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेका छैनन् । हर्कुलसको ‘के यो माया हो’, ‘माया संसार’, ‘हिजोभन्दा आज’ लगायत गीतहरू चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय