२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोमवारको लगातार २ भूकम्पले जाजरकोटमा थप आधा दर्जन घर भत्किए

२०८०, २० कार्तिक सोमबार ११:३२

कार्तिक २०,  जाजरकोट | शुक्रवारको भूकम्पले चर्काएका करिब आधा दर्जन घर आजको अर्को भूकम्पले भत्काएको छ ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ राउतगाउँ र वडा नम्बर ५ कालेगाउँमा रहेका उक्त घरहरू शुक्रवार रातिको भूकम्पले चर्काएको थियो । सोमवार दिउँसो साढे ४ बजेपछि आएको भूकम्पले ती घर भत्काएको छ ।


सोमवार काठमाडौं उपत्यकामा पनि भूकम्पको २ झड्का महसुस गरिएको थियो । सोमवार अपरान्ह साढे ४ बजेर ३२ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो र अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोश्रो झड्का गएको हो । 

भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । 

पश्चिम नेपालका बुटवल, सुर्खेत र दाङ लगायतका स्थानमा पनि धक्का महसुस गरिएको छ ।

गत शुक्रवार राति गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन् । भौतिक सम्पत्तिको पनि ठूलो क्षति भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय