२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालिकाको नग्न शव खोलामा फेला: बलात्कारपछि हत्या आरोपमा खाँ पक्राउ

२०८०, २१ कार्तिक मंगलवार ०५:५१

कार्तिक १७, रूपन्देही | गुल्मीको चन्द्रकोट गाउँपालिका– ४ शान्तिपुरकी १५ वर्षीया बालिका परिवर्तित नाम ४६ चन्द्रकोट (५) घरनजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेकी थिइन्। खोलामा बालिकाको शव फेला परेको देखेपछि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। 


मृतक बालिका शान्तिपुरको श्रीलंकाटोलमा आमासँग भाडाको घरमा बस्दै आएकी थिइन्। बालिका १६ कात्तिकबाट परिवारको सम्पर्कमा थिइनन्। आमासँग घरनजिकैको खेतमा काम गर्न गएकी उनी १६ कात्तिक बिहान ११ बजे खेतालालाई सुर्ती किन्न भनी बजार गएपछि फर्किनन्। साँझ अबेरसम्म छोरी सम्पर्कमा नआएपछि सबैतिर खोजे पनि फेला नपरेको उनको आमाले बताइन्। १७ कात्तिक बिहानै छोरी खोलामा मृत फेला परेको खबर सुनेपछि उनी स्तब्ध बनिन्। उनले दिउँसोबाटै छोरीलाई कब्जा गरेर राति हत्या गरेर फालिएको हुन सक्ने बताउँदै न्यायका लागि सबैसँग अनुरोध गरिन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार घटनामा संलग्न बाँके खजुरा गाउँपालिका– ४ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका छन्। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी बलात्कार र हत्या कसुरको मुद्दामा पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख प्रधानले जानकारी दिए। बालिकाको पोस्टमार्टमपछि अत्येष्टि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय