२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हाइस गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु

२०८०, २५ कार्तिक शनिबार ०३:३७

कार्तिक २५, तनहुँ | तनहुँमा हाइस गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ।

शुक्रबार साँझ ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-३ स्थित पृथ्वी राजमार्ग सडकखण्डमा पोखराबाट दमौली आउँदै गरेको ग १ ख २९४१ नम्बरको हाइस गाडीले विपरित दिशाबाट आउँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको तनहुँका डिएसपी मोहनबहादुर खाँणले बताए |

मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका-७ बाँसस्वाराका ५५ वर्षीय गंगाबहादुर बराली रहेको खाँणले बताए |

उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका बरालीको जिल्ला अस्पताल  दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो।

मोटरसाइकलका चालक सोही स्थानका १९ वर्षीय विशाल बराली घाइते रहेका र उनको उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।

मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय