२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रचिन र डेभोनले बनाएको यो कीर्तिमान

२०८०, २७ कार्तिक सोमबार ०६:४५

कार्तिक २७, काठमाडौँ | न्युजिल्यान्ड लगातार दोस्रो पटक आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसपटक न्युजिल्यान्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याउन युवा ब्याट्सम्यान रचिन रविन्द्रले महत्वपूर्ण योगदान गरे । 

जारी विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म सर्वाधिक रनको साझेदारीको कीर्तिमान पनि न्युजिल्यान्डका रचिन र डेभोन कनवेकै नाममा लेखिएको छ । रचिन र डेभोनले इङ्ल्यान्डविरुद्धको खेलमा दोस्रो विकेटका लागि अविजित दुई सय ७३ रनको साझेदारी गरेका थिए । 


१३औँ विश्वकपमा हालसम्मको सबैभन्दा ठूलो साझेदारी पनि यही हो । यो विश्वकपमा हालसम्म दोस्रो सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान भने अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्सको नाममा छ । वार्नर र मार्सले पाकिस्तानविरुद्धको खेलमा पहिलो विकेटका लागि दुई सय ५९ रनको साझेदारी गरेका थिए । 

यसैगरी तेस्रो ठूलो साझेदारी भारतका श्रेयस ऐयर र केएल राहुलको नाममा छ । ऐयर र राहुलले नेदरल्यान्ड्सविरुद्धको खेलमा चौथो विकेटका लागि दुई सय आठ रनको साझेदारी गरेका थिए । चौथो ठूलो साझेदारी दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन र क्विन्टन डी ककको नाममा छ । 

डुसेन र डी ककले श्रीलंकाविरुद्धको खेलमा दोस्रो विकेटका लागि दुई सय चार रनको साझेदारी गरेका थिए । यो सूचिमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र प्याट कुमिन्स पाँचौँ स्थानमा छन् । म्याक्सवेल र कुमिन्सले अफगानिस्तानविरुद्धको खेलमा आठौँ विकेटका लागि अविजित दुई सय दई रनको साझेदारी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय