२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाललाई टिकटक, फेसबुक लगायत १० कम्पनीले तिरे चार महिनामा १० करोडभन्दा बढी कर

२०८०, १ मंसिर शुक्रबार ०८:०४

मङ्सिर १, काठमाडौँ | टिकटक, फेसबुकलगायत १० कम्पनीले नेपाललाई चार महिनामा १० करोडभन्दा बढी कर तिरेका छन् । 

विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी कार्यविधि, २०७९ अन्तर्गत दर्ता भएका विदेशी कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिक मसान्तसम्म उक्त कर तिरेका हुन् ।

ठूला करदाता कार्यालयका अनुसार यसरी कर तिर्नेहरूमा इन्टरनेटरको सेवा दिने कम्पनीहरू छन् । इनटरनेटमार्फत सेवा दिने गुगल, अमेजन, लिंकेडीन, मेटा अन्तर्गतको सबै, माइक्रोसपलगायत हालसम्म १० वटा कम्पनी कर प्रयोजनका लागि नेपालमा दर्ता भएको ठूला करदाता कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । 


यी कम्पनीबाट भ्याट र डिजिटल सर्भिस ट्याक्स गरेर चालु आर्थिक वर्षको चार महिनामा १० करोड रुपैयाँ सरकारलाई उपलब्ध भएको उनी बताउँछन् । 

“अहिले ठ्याक्कै यति उठ्यो भन्न त सकिँदैन केही दिनअघि हेरेको तथ्यांकका आधारमा यो कार्यविधिअन्तर्गत दर्ता भएका १० कम्पनीले १० करोडभन्दा बढी कर तिरेका छन्,” उनले भने, “तर, सामाजिक सञ्जाल मात्र दर्ता भएका छैनन् । यसमा कार्यविधिमा उल्लेख गरिएका कम्पनीहरू दर्ता भएका छन् । सामाजिक सञ्जाल मात्र हैन ।”

त्यस्तै, टिकटक भने गत भदौदेखि ठूला करदाता कार्यालयमा दर्ता भएको ती अधिकारीले बताए ।

नेपाली उपभोक्तालाई इन्टरनेटमार्फत सेवा दिएबापत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यो कार्यविधिअनुसार विज्ञापन सेवा, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी) र सदस्यतामा आधारित यस्तै अन्य सेवा, तथ्यांक संग्रह सेवा, क्लाउड सेवा, गेमिङ सेवा र मोबाइल एप्लिकेसनसम्बन्धी सेवा दिने विदेशी कम्पनीले नेपालमा कर तिर्न दर्ता हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै, इन्टरनेट, बजार स्थान (अनलाइन मार्केट प्लेस) सेवा र यसमार्फत उपलब्ध गराइने वस्तु तथा सेवा, सफ्टवेयरको आपूर्ति र अद्यावधिकरण, नेपालका वासिन्दा व्यक्तिबाट संकलित तथ्यांकको बिक्री, तथ्यांक, तस्बिर लगायतका डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, इ–बुक, इ–पुस्तकालय, इ–पत्रिका सेवा ठूला करदाता कार्यालयमा दर्ता हुनुपर्नेछ ।

यो कार्यविधि बनेपछि यस्ता प्लेटफर्महरू दर्ताका लागि आउने गरेको ती अधिकारीले बताए । 

“विद्युतीय सेवा करसम्बन्धी कार्यविधि, २०७९ लागु भएपछि १० वटा डिजिटल सर्भिस कम्पनीहरू दर्ता भएका छन्,” उनले भने, “अरू पनि दर्ता हुने क्रममा छन् । पछिल्लो समय दर्ता भएको टिकटक हो । यी कम्पनीले आफ्नो प्रतिनिधिमार्फत दर्ता गराउने गरेका छन् । कर प्रयोजनका लागि मात्र दर्ता भएका हुन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय