२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ड्राइभर ट्वाइलेट जाँदा भीरमा खस्यो नुवाकोट जाँदै गरेको टाटासुमो, छ जना घाइते

२०८०, ३ मंसिर आईतवार ०६:२५

मङ्सिर ३, काठमाडौं | काठमाडौंबाट नुवाकोटको समुन्द्रटारका लागि छुटेको टाटा सुमो दुर्घटना भएको छ।

शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित गुर्जेमा रोकिराखेको टाटा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले उकेरालाई जानकारी दिए।

उनका अनुसार गुर्जे प्रहरी चौकी नजिकै रोकेर ट्वाइलेट जाँदा गाडी आफैँ अनियन्त्रित भएर चार सय फिट तल पाखामा खसेको हो।

‘गाडी रोकेर ड्राइभर ट्वाइलेट जाँदा गाडी भीरमा खसेछ। ह्यान्डब्रेक पनि लगाएको रैछन,’ खड्काले भने, ‘११ जना सवार रहेछन्, लोड पनि भएकाले खसेको हुनसक्छ।’

सवारमध्ये ६ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। बाँकी भने ट्वाइलेट जान झरेका थिए।

घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएकाे छ। सवारी चालकलाई अहिले गुर्जे प्रहरीले नियन्त्रणमा रहेको घटनास्थलमै रहेका खड्काले जानकारी गराए।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय