२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वकप क्रिकेटको फाइनल अहिलेसम्मकै भव्य हुने, प्रीतमदेखि अमित मिश्रासम्मले प्रस्तुति दिने

२०८०, ३ मंसिर आईतवार ०७:५६

मङ्सिर ३, काठमाडौँ | विश्वकप २०२३ को फाइनल खेल आयोजक भारत र अस्ट्रेलियाबिच आज आइतबार खेलिदैछ। भारतमा जारी पुरुष विश्वकप क्रिकेट २०२३ अन्तर्गत आयोजक भारत र अष्ट्रेलियाबिचको फाइनल खेलको आयोजना अहिलेसम्मकै भव्य हुने भएको छ ।

आइतबार भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा मध्यान्न १२ः४५ बजेबाट सुरु हुने क्रिकेट विश्वकपको खेल उद्घाटन इन्डियन एयरफोर्सले आफ्नो प्रस्तुति दिनेछन् । फाइनलको उद्घाटन समारोहमा गायक तथा सङ्गीतकार प्रितमको पनि प्रस्तुति रहनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफै उपस्थित रहने प्रतियोगिताको फाइनल खेल अघि हुने समारोहमा पहिलो विश्व विजेता कप्तानलाई सम्मान गर्नेछन् भने बीसीसीआईले हालसम्म क्रिकेट विश्वकप जित्ने सबै कप्तानलाई सम्मान गर्नेछ ।

सम्मानको क्रममा प्रितमको लाइभ पर्फमेन्सको साथै करिब ५ सय कलाकारले नित्य प्रदर्शन गर्नेछन् र उनीहरूले जितेको पललाई रिल बनाएर २० सेकेन्ड ठुलो पर्दामा देखाइने छ ।

यी हुन फाइनल खेलका आकर्षक पक्ष

-प्रतियोगिता भारतीय वायुसेना द्वारा १० मिनेटको एयर शो सँग १२:४५ बजे सुरु हुनेछ। यस समयमा, आईएएफ को सूर्य किरण टोलीले स्टेडियम माथि स्टन्ट प्रदर्शन गर्नेछ ।

-यो प्रदर्शन फ्लाइट कमान्डर र डेपुटी टीम लिडर विङ कमान्डर सिद्धेश कार्तिकको नेतृत्वमा हुनेछ। पहिलो पटक भारतीय वायुसेनाले यस्तो प्रतियोगितामा प्रदर्शन गर्न लागेको हो ।

-यो एयर शो को लागी कुनै शुल्क लाग्ने छैन। बीसीसीआईले मस्यौदा पत्रलाई रक्षा मन्त्रालयमा अनुमोदनका लागि बुझाउनुपर्नेछ। सूर्य किरणको टोली अहमदाबाद एयर शो गर्नेछ । यी सबै तयारी सम्पन्न भैसकेका छन् ।

-हाफ टाइम पर्फरमेन्स साँझ ५ः४५ मा १५ मिनेटको लागि हुनेछ । सो समय परेड अफ च्याम्पियन अन्तर्गत पहिलो पटक वर्ल्डकप जित्ने कप्तानलाई सम्मान गरिने छ ।

-भारतका चर्चित संगीतकार प्रीतमको प्रत्यक्ष प्रस्तुति हुनेछ । यस अवधिमा रंगशालामा करिब ५ सय नर्तकहरूले पनि प्रस्तुति दिनेछन्। संगीतकार प्रितमले देवा हे देवा, केसरीया, नगडा नगडा लगायतका गीतमा प्रस्तुति दिनेछन् ।

-दोस्रो इनिङ्सको दोस्रो ड्रिंक ब्रेक राति ८.४५ बजे ९० सेकेन्डको हुनेछ । यस अवधिमा लेजर शो हुनेछ ।

-खेलपछि विश्व च्याम्पियन्स को ताज लगाइनेछ। साथै, १२०० ड्रोनहरूले रातमा सुन्दर आकारहरू सिर्जना गर्नेछन्। यस पछि आतिशबाजी गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय