२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लिगमा सुरुका तीन ब्याट्सम्यान शून्यमा आउट भए पनि कोहली-राहुलको जोडीले हराएको थियो अस्ट्रेलियालाई

२०८०, ३ मंसिर आईतवार १०:०९

मङ्सिर ३, काठमाडौँ | एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले १६ ओभरमा ३ विकेट गुमाएर १०१ रन जोडेको छ । विराट कोहली ३४ र केएल राहुल १० रनमा खेल्दैछन् ।


कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भए । ३० रन जोड्दा पहिलो विकेट गुमाएको भारतले ७६ रनमा दोस्रो र ८१ रनमा तेस्रो विकेट गुमाएको थियो । अहिले ब्याटिङमा विराट कोहली र केएल राहुल छन् । यो जोडीले ४१ दिनअघि भएको लिगमा अस्ट्रेलियालाई हराएको थियो ।

जारी विश्वकपको आफ्नो पहिलो खेलमा गत ८ अक्टोबरमा अस्ट्रेलियासँग भिड्ने क्रममा भारतका माथिल्लो क्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेका थिएनन् । रोहित शर्मा, इशन किसन र श्रेयस अय्यर शून्यमा आउट भएपछि भारत २ रनमा ३ विकेटको स्थितिमा थियो ।

तर, त्यसपछि कोहली र राहुलले चौथो विकेटका लागि १६५ रनको साझेदारी गरेका थिए । त्यस खेलमा २०० रनको लक्ष्य पछ्याएको भारतका लागि कोहलीले ८५ र राहुलले अविजित ९७ रन बनाएका थिए ।

त्यसअघि गत एसिया कपको सुपर ४ मा पनि यो जोडीले पाकिस्तानविरुद्ध २३३ रनको साझेदारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय