२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाम दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)

२०८०, ४ मंसिर सोमबार ०७:२२

मङ्सिर ४, विराटनगर । इलामको रोङ गाउँपालिकास्थित किटानी भन्ने स्थानमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । धनुषाधाम–९ धारापानी बस्ने वर्ष १२ का बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए ।


घाइतेमध्ये धनुषाधाम–९ धारापानी कै वर्ष ३५ की मनवति लामा र वर्ष ६० कि शान्तमाया तामाङको मृत्यु भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

मनवतीको उपचारको क्रममा हिंजो राती ८ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो भने तामाङको आज बिहान ९ बजेर २० मिनेटमा मृत्यु भएको हो ।  अन्य घाइते सबैको झापा विर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरुको शव अस्पतालमै रहेको छ ।  प्रहरीले बसका चालकलाई आइतबार राती नै पक्राउ गरेको प्रहरीले जनाएको छ । 

यस्तै घाइतेमध्ये ३५ वर्षका अनिल परियारको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ । धनुषाको धनुषाधामस्थित धारापानीबाट उक्त टोली इलाम घुम्न आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय