२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखराको एक होटलमा एक महिला मृत फेला, होटल सञ्चालकसहित ५ जना प्रहरी नियन्त्रणमा

२०८०, ६ मंसिर बुधबार ०६:५६

मङ्सिर ६, काठमाडौँ | पोखराको एक होटलमा तनहुँकी एक महिला मृत फेला परेकी छन् । पोखरा नागढुंगास्थित होटल युनिकमा ३८ वर्षीय सुकु विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाले होटलमा अचेत अवस्थामा फेला परेकी सुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।


मृतकको शव हेर्दा शंकास्पद देखिएको एसपी थापाले बताए । ‘मृतकको शव हेर्दा शंकास्पद देखिएको छ । हामीले होटल सञ्चालकसहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,’ उनले भने ।

एसपी थापाले होटलमा सीसीटिभी नभएको र परिचयपत्रसमेत नराखेकाले थप अनुसन्धान भइरहेको सुनाए । ‘होटलले सुकुसहित १ जना केटा आएका थिए भनेका छन् ।

‘युवक को थियो उसको संलग्नता थियो थिएन भन्नेबारे खोजी हुदैछ,’ उनले भने, ‘सिसिटिभी पनि छैन । परिचयपत्र पनि राखिएको छैन । होटलले सुरक्षाको विधि अपनाएको देखिएन । त्यसैले हामीले सबै कोणबाट अनुसन्धान गर्दैछौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय