२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झापाको पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला

२०८०, ७ मंसिर बिहीबार ०७:०९

मङ्सिर ७, झापा | झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जुनिता घरभित्र र सुवास घरनजिकैको रुखमा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रीमती जुनितालाई हत्या गरी सुवासले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । 

उनले सुवासले लेखेको सुसाइड नोटसमेत फेला परेको जानकारी दिए । श्रीमतीको हत्यापछि आफूले आत्महत्या गरेको कुरा सुवासले त्यहाँ उल्लेख गरेको बताइएको छ ।

दुवैजनाले मादक पदार्थ सेवन गरी राति झैझगडा गरेका थिए । सुवासका दाजुलगायतले राति ११ बजे घरमा उनीहरुको झगडा मिलाएका थिए ।त्यसपछि सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी रिजालले जानकारी दिए । लिम्बू दम्पत्तिका तीनजना नाबालक छोराछोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय