२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम

२०८०, ८ मंसिर शुक्रबार १०:५८

मङ्सिर ८, काठमाडौँ | जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाण पत्र बनाएर एकल महिलाको भत्ता दिने कार्यक्रममा संलग्न दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापस्थित मन्थली नगरपालिका– ३ का तत्कालीन वडा सचिव शिव कुमार महत्तो र जीवित श्रीमानकी पत्नी निर्मला खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । महतोले निर्मला खत्रीको श्रीमानको मृत्यु भए/नभएको आधिकारिकता नबुझी एकल महिलाको भत्ता वितरण गरेको अभियोग अख्तियारको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन वडा सचिव महतोले सूचनाको आधिकारिकता सम्बन्धमा कुनै छानबिन नगरी, कानुन बमोजिम पेस हुनुपर्ने कागजातहरु समेत संलग्न नराखी जीवित व्यक्तिको नाममा मृत्यु दर्ता पत्र बनाइदिएका थिए । त्यतिमात्रै होइन उनले खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाउन समेत फारम भरिदिएका थिए । उक्त एकल महिला परिचय पत्रको आधारमा खत्रीले ४५ हजार दुई सय २० रुपैयाँ लिइसकेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगले महतो र खत्रीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ । महतोले जीवित व्यक्तिको मृत्यु भएको भनी कार्यालयमा रहेको मृत्यु दर्ता अभिलेख चढाएको र खत्रीको एकल महिला परिचय पत्रको गलत लिखत तयार गरी गराएको भन्दै उनलाई मतियार कायम गरी मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिएको जानकारी प्रवक्ता दाहालले दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय