२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

२०८०, १० मंसिर आईतवार ११:३८

मङ्सिर १०, काठमाडौँ | वैदेशिक रोजगारीमा विदेश पठाइदिन्छु भन्दै पैसा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा घर भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय निमराज डाँगी र पाल्पा घर काठमाडौँ बस्ने ३३ वर्षीय चक्र पोखरेल रहेका छन् ।


डाँगीले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए । पटक–पटक रकम लिएर उनी सम्पर्कविहीन बनेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गोङ्गबुबाट पक्राउ गरेको हो ।

त्यस्तै, पोखरेलले दीपेश तामाङ कुवेत पठाइदिन्छु भन्दै १ लाख ८६ हजार रुपैयाँ रकम लिएर सम्पर्क विहीन बनेका थिए । उनलाई वसुन्धराबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । दुवैलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय