२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनेरास्ववियुका ताप्लेजुङ सह-संयोजकमाथि खुकुरी प्रहार

२०८०, ११ मंसिर सोमबार ०६:४०

मङ्सिर ११, ताप्लेजुङ | नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार बिहान खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुट्टामा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल लुङ्गेलीका अनुसार फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले खुकुरी हानेका हुन । ‘उहाँहरूको पुरानै लेनदेनको विषय लेनदेनको केस रहेछ, माननीयज्यूहरूसँग पनि बसेर कुरा भएको रहेछ,’ लुङगेलीले भने, ‘मान्छे खोजी गरिरहेका छौं, भागिसकेको छ ।’ चारैतिर खोजी भइरहेकाले प्रहरीले पक्राउ गर्ने उनले बताए ।

एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडासहितका नेता कार्यकर्ता जिल्ला अस्पतालमा भेला भएका छन । विवेक र प्रेमको चेक बाउन्सको विषय रहेको एमालेका एक नेताले बताए । विवेकलाई आक्रमण गरेपछि प्रेमले पार्टीका कार्यवाहक अध्यक्ष खतिवडालाई पनि आक्रमण प्रयास गरेको ती नेताले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय