२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रणवीर कपूरको ‘एनिमल’ को अग्रिम टिकट बुकिङ आक्रमक

२०८०, १२ मंसिर मंगलवार ०७:५९

मङ्सिर १२, काठमाडौँ | अभिनेता रणवीर कपूर र रश्मिका मन्दना अभिनीत फिल्म 'एनिमल' मंसिर १५ गतेदेखि प्रदर्शन हुँदैछ। भारतमा फिल्मको अग्रिम बुकिङ खुला गरिएको छ।

केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन्। दर्शकको उत्साह अग्रिम टिकट बुकिङमा पनि देखिएको छ। 


भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको २ लाखबढी अग्रिम टिकट बुकिङ भइसकेको छ। यस फिल्मले रिलिजको चार दिनअघि नै अग्रिम टिकट बुकिङमा ७ करोड भारू कमाएको छ। योसँगै फिल्मले ४० करोडमाथि ओपनिङ गर्ने फिल्मकर्मीको अपेक्षा छ। 

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।

भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेको फिल्मको कथा निर्देशक सन्दिपले नै लेखेका हुन्।

यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय