2026-07-06 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ७५ फिटको अग्लो ताहजिया

कपिलवस्तु सम्बादाता | असोज २७, कपिलवस्तु | मोहरम पर्वको अवसारमा कपिलवस्तुमा ७५ फिटको अग्लो ताहजिया बनाइएको छ । कपिलवस्तुको रामनगर गाविस पटनामा नेपालकै सबैभन्दा अग्लो ताहजिया बनाइएको हो ।

पटना गाउमा ताजिया संरक्षण समति गठन गरेर पटनाका एघार जनाको समुहले एक महिना लगाएर पचहत्तर फिट अग्लो ताहजिया बनाएका हुन । रु १ लाख ५० हजारको लागातमा पचहत्तर फिट अग्लो ताजिया बनाएको ताजिया संरक्षण समितिका अध्यक्ष मूख्तार अहमद बेगले बताए । बाँस, कागज,पिठोको लेदोले सहयातले करिब ताजिया निर्माण गरिएको हो । पटनाका स्माइलबेग,हसनवेग,जुलकदर मुजावर,बाबुराम कोरी,नसीम बेग, आफक खान,रज्जाक मिया,हरिद्धार प्रसाद मौर्या,राज कुमार अराख, राम फेरन कोरीले ताहजिया बनाएको अध्यक्ष मुख्तार बेगले बताउनु भयो ।

ईस्लाम धर्मावलम्वीहरुको मोहरम पर्व आज ताहजिया बनाएर मनाइदै छ । ईस्लामी क्यालेन्डर हिजरी सम्वत १४३८ हिजरीको पहिलो महिनाको चाँदको १ तारिकदेखि शूरु हुने मोहरम पर्व १० तारिखसम्म मनाईने गरिन्छ । मुस्लिम धर्मालम्वीहरुले ईद, बकर ईद र मोहरमको दशमी लाई धुमधामका साथ मनाउने चलन रहि आएको छ । आज धर्मीक जुलुस यात्रा गरि, ताहजिया बनाइ मनाइदै छ । हजरत महम्मद को नाती हसन र हुसैेन सहिद भएको संम्झनामा मुस्लिम धर्मालम्वीहरु र हिन्दुहरुले समेत यो पर्व मन्दै आएका छन ।

मुस्लिम समुदायको पर्व भए पनि यहाँका हिन्द समुदायकाले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन् । आफुले भाकल गरेको पुरा भएपछी मोहरम पर्व मनाउन लगेको कृष्णनगरका राम प्रसाद यादवले बताउनुभयो । पछिल्लो समय मोहरम पर्व सद्भावको पर्वको रुपमा स्थापित हुदै गएको छ । मोहरम पर्वमा हजरत महम्मद को नाती हसन र हुसैेन सहिद भएको संम्झनामा कागजको ताहजिया बनाएर ढोल,तासा,झाज बाजाउने चलन रहेको छ ।

ईमाम हुसेनले अल्लाह संग मेरो हजुरवुवा मोहम्मद लाई मान्ने सम्पुर्ण मुस्लिमलाई जन्नत( स्वर्ग) पुर्याउन गरेको वाचा अनुरुप बदलामा हुसेन ईराकको राजधानी कर्रवला बग्दादमा सहिद भएको सम्झनामा संसारभरका मुस्लिमहरुले मोहरम मनाउदै आएका छन ।

हुसेैनको आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकोले, नवाज पढ्ने समयमा सधै हुसेन रोहीरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न वाधा नपरोस भर्नी जन्नत घुमाउदा समेत, हुसेन रुन नछोडेपछि अल्लाहले, तिमी किन रोईरहेको भनी प्रश्न गर्नुभयो । हुसैेनले मेरो हर्जरत मोहम्मदका उम्मदहरु( अनुयायीहरु) सिधै जन्नत जान पाउन भनी माग गरेपछि अल्लाहले तिमी कर्रवला बग्दादमा सहिद हुन तयार छौ भने मात्र म तिम्रो ईच्छा पुरा गर्ने छु भनी वाचा गरेपछि मोहरमको नवमीको रात हुसैेनको कतल गरी मोरम दशमीको दिन सहिद भएको संम्झनामा मुस्लिमहरुले यो पर्व मनाउदै आएका छन ।

हुसैेन सहिद भएको दिन देखी संसारभरी ईस्लाम धर्म फैलिएको मुस्लिम धर्मालम्वीहरुले बताउदै आएका छन । हसन र हुसैेनको संम्झनामा कपिलवस्तु लगायत विभिन्न जिल्लाका मुस्लिम र हिन्दुहरुले तहाजिया निकालेका गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा