२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यू-१९ विश्वकप खेल्न जाने टिमको बिदाइ, उच्च प्रदर्शन गर्ने अपेक्षा

२०८०, २० पुष शुक्रबार ०६:४५

पुस २०, काठमाडौं | नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई बिदाइ गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गरे ।

नेपाल ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । यू-१९ टिमका कप्तान देव खनालले तयारी सबै राम्रो रहेको र प्राप्त सुविधालाई प्रयोग गरेको बताए । बाहिर गएर खेल्न नपाए पनि एक साता क्याम्प हुन लागेकोले खुशी लागेको देवले बताए ।


उनले विश्वकप खृल्ने सपना पूरा हुन लागेको र राम्रो नतिजा ल्याउने बताए । ‘यू-१९ विश्वकप खेल्ने सपना थियो, त्यो पूरा हुन लागेको छ । आशा छ राम्रो प्रदर्शन गर्छौं । एसिया कपको प्रदर्शन बिर्सेर विश्वकपमा राम्रो गर्दै देशलाई गौरवान्वित बनाउँछौं,’ देवले भने ।

यू-१९ टिमका मुख्य प्रशिक्षक जगत टमाटाले ८ वर्षपछि फेरि विश्वकप खेल्न जाँदै गर्दा आफू लक्की रहे पनि यसमा क्यान र खेलाडीले योगदान रहेको बताए । टमाटाले मानसिक र शारीरिक रुपमा टिम तयार रहेको बताए ।

‘दक्षिण अफ्रिकामा पहिलो पटक खेल्न जाँद‌छौं । चुनौती त छ तर हामी त्यो चुनौती चिर्न तयार छौं’ टमाटाले भने, ‘विश्वकप अघि नै चार खेल खेल्दैछौं र त्यसले पनि हामीलाई सहयोग गर्छ । हामीले पहिले पनि टेष्ट नेशनलाई हराइसकेका छौं र फेरि नेपालको झण्डा फहराउने छौं ।’

क्यान अध्यक्ष चतुरबहादुर चन्दले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको भन्दै टिमलाई उच्च प्रदर्शन गर्न शुभकामना दिए । क्यानले विश्वकपका लागि टिमलाई चाँडै पठाउन लागेको र नामिबिया र स्कटल्याण्डसँग अभ्यास म्याच खेल्ने तालिका रहेको उनले बताए । नेपाली टिम आज शुक्रबार नै दक्षिण अफ्रिका प्रस्थान गर्दै छ ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाली टिमले राम्राो खेलेर नै यू-१९ विश्वकप पुगेको र विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास रहेको बताए ।

घिसिङले नेपालको सिनियर टिम र यू-१९ टिमले २०२३ मा एसिया कप खेलेको र २०२४ मा पनि सिनियर टिम र यू-१९ टिमले विश्वकप खेल्न लागेको चन्दै सुखद संयोग रहेको बताए ।

यू-१९ विश्वकपमा नेपाल कठिन समूहमा रहेको । समूह डी मा नेपालसहित पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् । नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । नेपालले विश्वकप अघि स्कटल्याण्ड र वेष्ट इन्डिजसँग वार्म अफ म्याच खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु