२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चुरोटले गराउँछ दिमागको संकुचन

२०८०, २० पुष शुक्रबार ०७:२५

काठमाडौं | चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक रहेको कुरा नौलो होइन । सम्भवत: चुरोट पिउने हरेक व्यक्ति यसका जानकार छन्। यसले मुख, घाँटी र फोक्सोको क्यान्सरसम्म गराउने  कुरा प्रमाणित भइसकेको छ। त्यसैले चुरोटको सेवन त्याग्न चिकित्सकहरुले बताउँदै आएका छन्। 

भर्खरै नयाँ अनुसन्धान आएको छ । चुरोटको सेवनले मष्तिष्कलाई समेत संकुचन गर्ने गरेको उक्त अनुसन्धानले देखाएको हो।  जर्नल ‘बायोलोजिकल साइक्याट्री: ग्लोबल ओपन साइन्स’मा प्रकाशित उक्त मेडिकल स्टडीका अनुसार  धुम्रपानको असर मस्तिष्कमा पनि हुन्छ । यो स्टडी सेन्ट लुइसस्थित वाशिंगटन युनिभर्सिटी स्कूल अफ मेडिसिनका रिसर्चरले गरेका हुन्। 


स्टडीका अनुसार चुरोट पिउनेहरुको मष्तिष्क खुम्चिदै जान्छ। यदि  चुरोट पिउन छाडियो भने थप संकुचित हुनबाट रोकिन सक्छ। तर, पहिले संकुचित भइसकेको हिस्सा खुल्ने सम्भावना भने कमजोर रहेको देखिएको छ।

शोधकर्ताहरुले आफ्नो अनुसन्धानमा लामव समयसम्म चुरोट पिउनेहरुको मष्तिष्क स्थायी रुपमा सानो भएको पाएका छन्। जसले बिचमै छाडेका छन्,  उनीहरुको एक समयसम्म खुम्चिएको तर पछि त्यतिमै रोकिएको पाएका छन्। 

वासिंगटन युनिभर्सिटी स्कुल अफ मेडिसिनको साइक्याट्रि विभागकी प्रोफेसर लाउरा जे बेरुतका अनुसार सामान्यको भन्दा धुम्रपान गर्ने व्यक्ति चाँडो बुढो समेत देखिने पाइएको छ। उनका अनुसार चुरोट पिउनेलाई अल्जाइमर्सको समस्या पनि उच्च हुने पाइएको छ। दिमागको साइज र न्युरोन्स खराब भएर अल्जाइमर्स हुने अनुसन्धानमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु