2026-07-06 08:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दशैं मनाउन गएका सरकारी कर्मचारीहरु अझै कार्यालय आएनन्

दलसिंह गिरी | कात्तिक २, कालिकोट | जिल्लाका एक दर्जन बढि सरकारी कार्यालयहरु कार्यालय प्रमुख तथा कर्मचारी विहिन अवस्थामा रहेका छन् । 

दसैं मनाउन गएका कार्यालय प्रमुख लगायतका अधिकांश कर्मचारी कार्यक्षेत्र नफर्किएपछि कालिकोटका सरकारी कार्यालय प्रमुख विहीन  भएका हुन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, रणसुर दल गुल्म,  प्राविधिक कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति कार्यालय बाँहेक जिल्लाका अन्य सरकारी कार्यालय प्रमुख विहिन भएका छन् ।

दसैंमा घर गएका प्रमुख नफर्किए पछि कार्यालय प्रमुख विहीन भएका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काले बताउनु भएको छ । कृषि, शिक्षा, महिला तथा बालबालिका, वन, अदालत, सरकारी वकिल, खानेपानी तथा सरसफाइ, कोष तथा लेखा नियन्त्रण, घरेलु, खाद्य संस्थानमा प्रमुखहरु अहिले सम्म कार्य क्षेत्रमा नफर्किएको पाईएको हो । त्यसैगरी पशुसेवा, आयुर्वेद, नापी, हुलाक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बंैक, विद्युत प्राधिकरण लगायतका कार्यालयमा पनि प्रमुखहरु अझै  जिल्लामा नआउनु भएको हो । अन्य दर्जाका कर्मचारीको उपस्थिति समेत न्युन रहेको छ । जिल्लाका २ दर्जन बढि सरकारी कार्यालय मध्ये धेरै जसो कार्यालयमा प्रमुख विहिन भएका छन् । जिल्ला बाहिरका कर्मचारी तथा प्रमुख नहुँदा स्थानीय खरिदार सुब्बाले कार्यालय खोल्ने र सेवा ग्राहि नभएको भन्दै दिउँसै ढोका बन्द गरी फर्किने गरेका छन् । यता प्रमुख जिल्ला अधिकारी खड्काले दसैं सकिए लगतै जिल्ला बाहिरका कर्मचारीहरू जिल्ला फर्कन थालेको बताउनु भयो । धेरै कार्यालय प्रमुखहरुले फोन गरेर कार्यस्थलमा फर्कन लागेको जानकारी आफुलाई प्राप्त भएको उहाँको भनाइ छ । कृषि, पशुसेवा, जिविस, लगायतका केही कार्यालय प्रमुखहरु भोलिनै जिल्लामा पुगिसक्ने खबर प्राप्त भएको वहाको भनाइरहेको छ ।   

कार्यालय प्रमुखको अनुपस्थितका कारण कामकाज रोक्न नहुने खड्काले जानकारी गराउनु भएको छ । दसैं बिदा हुनु एक दुई दिनअघि जिल्ला छाडेर घरमा गएका कार्यालय प्रमुखहरू जिल्ला फर्कन थालेको र महिला तथा बालबालिका कार्यालय प्रमुख काजमा मन्त्रालयमै हाजिर भएकाले केही समय कार्यालय प्रमुख उपस्थित नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने