मनिष गुप्ता/कात्तिक ८, कपिलवस्तु । परेका छन् । मोटरसाइकल चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाकाे स्टीङ्ग अपरेसन टिम ले चोरहरुलाई चाेरी गरि भग्ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मनिष गुप्ता/कात्तिक ८, कपिलवस्तु । परेका छन् । मोटरसाइकल चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाकाे स्टीङ्ग अपरेसन टिम ले चोरहरुलाई चाेरी गरि भग्ने"/>

2026-09-16 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मोटरसाइकल चोरी गर्दा गर्दै दुई चोर रङ्गेहात पक्राउ


मनिष गुप्ता/कात्तिक ८, कपिलवस्तु । परेका छन् । मोटरसाइकल चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय चन्द्रौटाकाे स्टीङ्ग अपरेसन टिम ले चोरहरुलाई चाेरी गरि भग्ने क्रममा रङ्गेहात पक्राउ परेका छन।

सूचना प्रविरधि तथा निगरानीका आधारमा खटिएका प्रहरी टोलीले आइतबार विहान साढे ३ बजेको समयमा कपिलवस्तु  जिल्लाको शिवराज नगरपालिका १ उमरीचोकबाट मोटरसाइकल सहित चोरहरुलाई पक्राउ गरेका थिए । पक्राउ पर्ने चाेरहरूमा दाङ जिल्लाको लमही नगरपालिका २, विद्युतडाँडा बस्ने देबेन्द्र लामाको छोरा १८ वर्षीय सन्तोष लामा र सोही ठाउँका देवप्रसाद थारुका छोरा २१ वर्षीय लक्ष्मण थारु चौधरी रहेका छन् ।

शिवराज नगरपालिका–१०, लक्ष्मीटोलका केशबहादुर सिंजाली थापाको घरको बरामदामा लक गरी राखेको लु ८ प ४६९३ नम्बर १८० सीसीको कालो रङ भएकाे पल्सर मोटरसाइकल रातिको समयमा लक तोडेर चोरी गरी लैजाने क्रममा सिभिल ड्रेसका प्रहरी टोलीले पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तलाई मुलुकी ऐन चोरीको महल अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक भट्टराईले बताए । मोटरसाइकल टोपबहादुर थापाको नाममा दर्ता रहेको प्रहरीले जनाएको छ ।

यसैबीच चेकजाँच गर्ने क्रममा वडा प्रहरी कार्यालयले एक सातामा ५ ओटा कागज पत्र नभएकाे मोटरसाइकल नियन्त्रणमा लिएको छ । जसमध्ये २२० सीसीको रातो र कालो रङको दुई ओटा पल्सर, १५० सीसीको कालो र निलो रङको दुईओटा पल्सर र १५० सीसीको कालो रङको एउटा अपाचे मोटरसाइकल रहेका छन् । प्रहरीले बेवारिसे तथा अनुसन्धानका क्रममा नियन्त्रणमा लिई प्रहरी परिसरमा जम्मा गरी राखेको छ ।

चन्द्रौटा क्षेत्रबाट अहिलेसम्म ८ ओटा मोटरसाइकल चोरी भइसकेका छन् । जसमा बेचन गुप्ताको लु १६ प ५०७४, पदम ढकालको लु १३ प ५५५४, सिराज खान डाक्टरको लु २० प ९४१७, विष्णु हमालको लु १८ प २३९८, तिलक गैरेको लु १२ प ४७७७, अनिरुद्र सापकोटाको लु २६ प ७६०४, आरएन खानको लु २२ प ९४३९ नम्बरको निलो रङको पल्सर मोटरसाइकल र टोप बहादुर थापाको लु ८ प ४६९३ नम्बरको मोटरसाइकल चोरी भएका छन् । चोरी भएकामध्ये विष्णु हमाल र टोपबहादुर थापाको मोटरसाइकल फेला परिसकेको छ ।

केही समय यता चन्द्रौटा क्षेत्रमा मोटरसाइकल चोरीका घटनाहरु बढ्न थालेपछि वडा प्रहरी कार्यालयले विशेष गस्ती अभियान संचालन गरेको छ । प्रहरीले संचालन गरेको अपरेसनका क्रममा अहिले प्रमाण नभएका मोटरसाइकल धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु