पढ्न करिब 1 मिनेट लाग्छ

माधव वेल्वासे/कात्तिक २७, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा नुनको को हाहाकार भएको भ्रम फैलिएको छ ।

सनिवार विहानै देखि चन्द्रौटाका किराना पसलमा ग्राहकहरुको भिड रहेको छ । व्यापारिहरुले पनि वेच्नु भन्दा गोदाममा थनक्याउने तयारिमा रहेका छन । छिमेकि देश भारतका केहि अराजक तत्वले नुन नपाइने भन्ने सुनाएपछि नेपालका सिमावर्ति क्षेत्रमा भ्रम फैलिएको इलाका प्रशासन कार्यलय चन्द्रौटामा प्रमुख मेघनाथ पाध्यले वताउनु भयो ।

नेपालमा भारत वाट भन्दा अन्य राष्ट्रवाट वाट नुन आउने भएकाले कोहि भ्रममा नपर्न पाध्यले अपिल गर्नुभएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरका प्रमुख विष्णु प्रसाद श्रेष्ठले नेपालमा खाने नुन १ वर्ष सम्म पुग्ने मौज्दात रहेको दावि गर्नुभएको छ ।

विभिन्न व्यक्तिले भ्रम फैलाएकोले दैनिकि नभई नहुने भएकाले पनि ग्रहकहरु आत्तिएको उहाको भनाई रहेको छ ।व्यापारिहरुलाई चाहिएको जति खानेनुन उपलव्ध गराउन सकिने क्षेष्ठले वताउनु भयो ।

वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराईका अनुसार नुनको मुल्यमा अनियमितता नहोस भनि विभिन्न ठाउमा अनुगमन गरिरहेको वताउनु भयो ।

तस्विर: कपिलवस्तुको चन्द्रौटामा रहेको शंकर किराना पसलमा नुन खरिदको लागि ग्राहकहरुको भिड