मंसिर २, कालिकोट | एक हुल बालबालिकाको साथमा मुस्कुराउदै गफिदै थिइन् नर्बेली नागरिक लेडिया वाकेर । बालबालिका पनि लेडियाले सोधेका प्रश्नको प्रति उत्तर दिदै निर्धक्कले गफि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २, कालिकोट | एक हुल बालबालिकाको साथमा मुस्कुराउदै गफिदै थिइन् नर्बेली नागरिक लेडिया वाकेर । बालबालिका पनि लेडियाले सोधेका प्रश्नको प्रति उत्तर दिदै निर्धक्कले गफि"/>
2026-09-16 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सेभ द चिल्ड्रेनद्धारा बिद्यालयको अनुगमन

मंसिर २, कालिकोट | एक हुल बालबालिकाको साथमा मुस्कुराउदै गफिदै थिइन् नर्बेली नागरिक लेडिया वाकेर । बालबालिका पनि लेडियाले सोधेका प्रश्नको प्रति उत्तर दिदै निर्धक्कले गफिदै थिए । त्यो कुनै अहिलेको पाठ्यक्रम विशेष पढाई कक्षा थिएन एउटा भेटघाटको भलासुकाली, त्यो पनि हाल देशकै एक प्रमुख मुद्धाको रुपमा रहेको विदप ब्यवस्थापन सम्बन्धि ।

किर्डाक नेपाल कालिकोटको सहकार्यमा सेभ द चिल्ड्रेनद्धारा जिल्ला सदरमुकाम मान्मदेखि पश्चिम कर्नालीपारी पर्ने शंकर उमावि रकु सेरिज्यूलाको अनुगमन गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग किर्डाक नेपाल कालिकोटको सहजिकरणमा संचालित विद्यालय सुधार कार्यक्रमको प्रभावकारीता बारे अनुगमन गरिएको हो ।

विद्यालयमा हुने विपद जोखिम, सिकाई कक्षा प्रभावकारीता, बालअधिकार, विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा प्रभावकारी पाठ्यक्रमका लागि विद्यालय सुधार कार्यक्रम द्धारा गरिएको विविध शैक्षिक सामाग्री वितरण, कक्षा कोठा ब्यवस्थापन जस्ता क्रियाकलापको प्रभावकारीता बारे विद्यालयका अभिभावक, शिक्षक विद्यालयका बालबालिकाहरु संग छलफल गरिएको छ ।

हालै गएको विनासकारी भुकम्पका कारण देशका अधिकांश क्षेत्रका विद्यालयहरुमा प्रत्यक्ष परेको प्रभाव न्यूनिकरण तथा देशका हिमाली, पहाडी भेगमा हुने बाढी पहिरो, आगलागी, जस्ता आपत्कालिन घटनाबाट बालबालिकाहरुमा पर्ने प्रत्यक्ष असरलाई न्यूनिकरण गर्न संचालित विद्यालय सुधार कार्यक्रमद्धारा लिखित कार्ययोजना तयार पारी विगत गत बर्षदेखि विद्यालयका बालबालिका शिक्षक तथा अभिभावकहरुलाई सूसुचित गराईएको थियो । विपद जोखिम न्यूनिकरणबारे बालबालिकाहरुलाई सूसुचित गराइ सडक नाटक, देउडा गित, नृत्य जस्ता विभिन्न सास्कृतिक कार्यक्रम समेत कार्ययोजनामा समावेश गरी अभिभावकहरुलाई समेत सूसुचित गराइएको थियो ।

यस्ता विबिध क्रियाकलाप द्धारा समग्र विद्यार्थी अभिभावकहरुलाई विपदबारे सूसुचित गराए नगराएको बारे प्रत्यक्ष अनुगमनको लागि सेभ द चिल्ड्रेनका पदाधिकारी, पत्रकार, रेडक्रस, महिला विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, किर्डाक नेपाल कालिकोट लगायतका उपस्थीत पदाधिकारीहरुको टोलीले संयुक्त अनुगमन गरेको छ ।

अनुगमनको क्रममा बोल्दै शिक्षक तथा विद्यार्थी भाईबहिनीहरुले यो कार्यक्रमबाट विपद जोखिमबाट बच्ने उपाय यसका लागि अपनाउनु पर्ने विधि, प्रक्रियाहरुबारे आफु मात्र नभै सम्पूर्ण विद्यालय बालबालिका तथा समुदायहरुलाई समेत सूसुचित गराउन सफल भएकाले कार्यक्रमको निरन्तरताको लागि सम्बन्धित निकाय संग आग्रह गरेकाछन् । अनुगमनका क्रममा बिद्यालयमा संचालित बिद्यालय सुधार कार्यक्रम प्रभावकारी भएको र यस्तो कार्यक्रम अन्य क्षेत्रमा तथा समुदाय स्तर सम्ममा संचालन गराउन सम्बन्धित निकायसम्म कुरा अगाडी बढाउने अनुगमन कर्ताहरूले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु