Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलबस्तुको धानखोलामा ३ कोठे बिद्यालय भवनको उदघाटन

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माधव वेल्बासे/मङ्सिर ७, कपिलवस्तु  । कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र तथा जिल्लाकै दुर्गम ठाउ शिवगढि ३ धानखोला स्थित शिवराज निम्न माध्यमिक विद्यालयको ३ कोठे भवनको समद्घाटन गरिएको छ ।

जिल्ला शिक्षा अधिकारि हरि गौतम द्धारा सोमवार रिवन काटि उद्घाटन गरिएको हो । २०६४ सालमा स्थापना भइ यस क्षेत्रका विद्यार्थीको  भविष्य उज्यालो गराउदै आएको विद्यालयले निम्न माध्यमिकका कक्षाहरु पनि सन्चालन गर्ने भएको छ ।

जिल्ला शिक्षा कार्यलय कपिलवस्तु र स्थानिय जनश्रमको सहयोगमा ३ कोठे पक्कि भवन निमार्ण गर्न सफल भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मण घर्तिले वताए ।

जिल्लाको दुर्गम ठाउ भएको कारण यस गाउमा वालवालिकाहरु शिक्षा वाट वन्चित रहेकोले जिल्ला शिक्षा कार्यलय कपिलवस्तुले यस क्षेत्रको विद्याालयलाई प्रथमिकता दिनुपर्ने अभिभावकले वताएका छन ।

विद्यालयमा आर्थिक आम्दानिको स्रोत अत्यान्तै कमि भएकाले यस विद्यालयले कुनै पनि विज्ञान सवन्धि उपकरण खरिद गर्न नसकेको विद्यालय व्यावस्थापन समितिका सदस्य दिनेश पुनले दुखेसो पोखे ।

अन्य विद्यालयहरुमा कम्पियुटरका कक्षाहरु सन्चालन भएतापनि यस विद्यालयमा अझै सम्म विद्युत पुग्न सकेको छैन । विद्यार्थीहरु कम्पियुटर देख्न समेत पाएका छैनन । यस वर्ष देउसि भैलो वाट संकलित ३० हजारले विद्यालयमा एक कम्पियुटर खरिद गर्ने योजना वनाएको  विद्यालयका प्र अ सुनिल पुनले वताए ।

शिक्षकरुको दरवन्दि कमि भएकाले यस विद्यालयमा निजि स्रोत वाट शिक्षकलाई राखेको कारण यस विद्यालयमा शिक्षकको दरवन्दि वढाउनु पर्ने विद्यालय व्यावस्थापन समितिले माग राखेको छ ।

तोकेको समय भन्दा अगाडि नै यस विद्यालयले भवन निमार्णको काम गरि सफल भएकोमा  जिल्ला शिक्षा अधिकारि हरि गौतमले धन्यवाद दिनु भएको छ ।  गौतमले विद्यालयमा आवश्यक पर्ने कुरालाई स्थानियहरुले माग गरेमा आफुले माग पुरा गर्न पहल गर्ने समेत प्रतिवद्धता गर्नुभएको छ ।

जिल्ल शिक्षा कार्यलय कपिलवस्तुवाट १९ लाख ५० हजार अनुदान र स्थानिय जनश्रमदान सहयोग २ लाख ९२ हजार ५ सय गरि जम्मा २२ लाख ४२ हजार ५ सयमा भवन निमार्ण भएको थियो ।