माधव वेल्वासे/मङ्सिर ८, कपिलवस्तु । कपिलवस्तुमा छुट्टा छुटै ठाउमा सवारि दुर्घटना हुदा दुइ जनाको ज्यान गएको छ ।

तौलिहवा जितपुर सडकखण्डको जहदी चोकमा स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु भएको हो । जहदी चोक नजिकको मोडमा आफैले चलाएको लु २९ प ५७०० नम्बरको स्कुटर अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किँदा प्युठान जिल्ला खलं∙ा २ की २८ वर्षीय शान्ति रोका मगरको मृत्यु् भएको हो ।

त्यस्तै वुद्धवाटिका नगरपालिका ५ मा मर्मतको लागि रोकिराखेको ना ४ ख ३५८५ नम्वरको ट्रकलाई सोहि दिशावाट आउदै गरेको ना ५ ख १६९० नम्वरको यात्रुवाहक वसले ठक्कर दिदा दाङ वस्ने २३ वर्षिय हिरासिङ पुनको उपचारको क्रममा वुटवलमा ज्यान गएको इलाका प्रहरि कार्यलय गरुसिगेका प्रहरि निरिक्षक पनिम वहादुर घले ले जानकारि दिनुभएको छ ।

वस र चालक प्रहरिको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ ।

कपिलवस्तुमा छुट्टाछुटै सवारि दुर्घटनामा परि दुई जनाको मृत्यु