दलसिंह गिरी | मंसिर २०, कालिकोट | जतिबेला जनक्रान्तिको नाममा प्रतिक्रान्ति गर्न लडाईका हतियार देखाइने कालिकोटका ग्रामिण भेगमा अहिले शैक्षिक क्रान्तिका लागि शैक्षिक हतियार देखाइने कार्याक्रम एक पर्ब जस्तै बनेको छ । ग्रामिण समुदायमा रहेका कालकालिकाहरुको सिकाई उप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | मंसिर २०, कालिकोट | जतिबेला जनक्रान्तिको नाममा प्रतिक्रान्ति गर्न लडाईका हतियार देखाइने कालिकोटका ग्रामिण भेगमा अहिले शैक्षिक क्रान्तिका लागि शैक्षिक हतियार देखाइने कार्याक्रम एक पर्ब जस्तै बनेको छ । ग्रामिण समुदायमा रहेका कालकालिकाहरुको सिकाई उप"/>
2026-09-16 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शैक्षिक क्रान्तिका लागि चिलखायामा शैक्षिक हतियार पर्दशनी

दलसिंह गिरी | मंसिर २०, कालिकोट | जतिबेला जनक्रान्तिको नाममा प्रतिक्रान्ति गर्न लडाईका हतियार देखाइने कालिकोटका ग्रामिण भेगमा अहिले शैक्षिक क्रान्तिका लागि शैक्षिक हतियार देखाइने कार्याक्रम एक पर्ब जस्तै बनेको छ । ग्रामिण समुदायमा रहेका कालकालिकाहरुको सिकाई उपलब्धिका लागि शैद्धान्तिक तथा ब्याख्यान विधि भन्दा पनि ब्यहारिक तथा प्रयोगात्कम विधि अपनाउनका लागि शैक्षिक हतियार पर्दशनी एक पर्ब जस्तै बनेको हो ।

शैक्षिक हिसावले पछि परेको कालिकोटका ग्रामिण भेगमा बालबालिकाको पढाई सिकाई सुधारका लागि अहिले शिक्षा कार्यालय तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न दातृनिकायहरुले जिल्लामा विभिन्न रणनैतिक अभियान थलेका छन् । यसै क्रममा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग जिल्ला शिक्षा कार्यालयको समन्वय, किर्डाक नेपाल कालिकोटको सहजिकरण तथा गाउँ शिक्षा समिति चिलखायाको आयोजनामा चिलखाया गाविसमा गाविस स्तरीय पढाई सिकाई मेला पर्दशनी कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरि शैक्षिक सामाग्रीको निर्माण र प्रयोगद्धारा विद्यालयमा गुणस्तरिय सिकाई वातावरणको निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बुद्धि गर्न शैक्षिक गुणस्तर सुधारका लागि चिलखाया गाविसका शैक्षिक सरोकारवालाहरुको सहयात्रा भन्ने मूल नाराका साथ यहि मंसिर १९ गते आयोजित पढाई सिकाई मेलामा विभिन्न शैक्षिक सामाग्री पर्दशनी गरी मेला सम्पन्न भएको हो । 

चिलखाया गाविसका ९ वटा विद्यालयहरुको सहभागितामा आयोजित मेलामा आधारभूत विद्यालयमा पढनपाठन हुने अंग्रजी, गणित, विज्ञान सामाजिक लगायतका पाठ्यक्रमहरुमा प्रयोगहुने स्थानीय शैक्षिक सामाग्री पर्दशनी गरिएका छन् । गाउँ शिक्षा समितिका प्रतिनिधि एवं गाविस कार्यालय चिलखायाका लेखापाल हस्त बहादुर शाहीको अध्यक्षता जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति परेक बहादुर शाहीको प्रमखु आथित्यता, सेभ द चिल्ड्रेनका प्रतिनिधि प्रमोद न्यौपानेको विशेष आथित्यतामा आयोजित मेलामा सहभागि विद्यालयहरुले पर्दशनी गरेका शैक्षिक सामाग्रीहरुको मुल्यांकन समेत गरिएको छ ।


जिल्ला शिक्षा कार्यालयका श्रोत ब्यक्ति परेक बहादुर शाहीको संयोजकत्वमा गठित ५ सदस्यी मुल्यांकन टोली गठन गरी सहभागि मध्यबाट ४ वटा उत्कृष्ट विद्यालय घोषणा गरिएको छ । जसमा राष्ट्रिय आधारभूत विद्यालय प्रथम, शिवालय मावि दृतिय, जगन्नाथ आधारभूत विद्यालय तृतिय, कालिका आधारभूत विद्यालय शान्तोना स्थान हासिल गर्न सफल भएका छन् ।

पढाई सिकाई मेलामा सहभागि अभिभावकहरुले यो भेला अहिले सम्मकै नयाँ मेला भएकाले आफुहरु यो मेला प्रति उत्शाही भएको बताएका छन् । चिलखाया ३ कामखेतबाट १ घण्टा लगाएर मेलामा सहभागी हुन आउनु भएका ६० बर्षिया तिल बहादुर शाहीले अहिलेका बालबालिकाहरु जे पनि बनाउन सक्दा रहेछन् भन्ने आधार प्रश्तुत गरेको बताउनु भएको छ । आकाशमा उडेको हेलिकोप्टर टाढाबाट देखेका थियौ तर अहिले आफ्नै बालबालिकाहरुले फन्फन्ती घुम्ने हेलिकोप्टर बनाएको भन्दै बालबालिको प्रशंसा समेत गर्नु भएको छ । यो मेला केही क्षेणका लागि मात्र नभै अर्धबार्षिक वा बार्षिकरुपमा नियमित मनाउनु र्ने स्थानीय महिला अभिभावक निर्मला ढकालले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु