Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-16 11:21 AM
कालिकोट - KLK

चुहिने घैटो देखि इको प्याड सम्म सहास नेपाल



दलसिंह गिरी

२०७३ मंसिर २६ कालिकोट/झट्ट हेर्दा भनिन्छ कुनैपनि क्षेत्रको समुन्नत विकासका लागि आर्थिक ब्यवस्थापन अलि बलियो हुनुपर्छ अनिमात्र उक्त क्षेत्रको समुन्नत विकास हुनसक्छ । सानोतिनो लगानीले कुनै विकास हुन सकिदैन् भन्ने मानसिक सोचाईलाई बदलेकोछ सहास नेपालले केहि महिना पहिले अर्थात जनावारी २०१६ सुरु हुने बेला सहास नेपालले जिल्लाका ९ वटा गाविसका निश्चित क्षेत्रहरुमा कार्यक्रम संचालनका लागि आफ्नो कार्ययोजना सहितको अनुमानित गरिव १७ लाख बराबरको बजेट सार्बजनिक गरेको थियो । कार्यक्रम सार्बजनिकीमा उपस्थित जिल्लाका केही राजनैतिक दलहरुले त्यतिबेला यो सार्वजनिक गरेको बजेटले कुनै एउटा भौतिक योजना निर्माण गर्नेहो भने योजना सम्पन्न गर्न अपुग हुन्छ । तर तपाईले ९ वटा गाविसमा यी थुप्रै शिर्षकका कार्यक्रम कसरी सम्पन्न गर्न सक्नु हुन्छ ? यो बजेट त हातीको मुखमा जीरा जस्तै हुन्छ भनेर प्रतिप्रश्न तेस्र्याएका थिए । तर आज त्यही प्रतिप्रश्न तेस्र्याइएको कार्यक्रमको बार्षिक कार्यप्रगति तथा समिक्षा कार्यक्रममा त्यहि प्रतिप्रश्न त्येस्र्याउने नेताहरुले कार्यक्रम प्रभावकारी र उदाहरणिय भएको भन्दै प्रशंसा गरे । 


सहास नेपाल द्धारा कालिकोटमा संचालित खाध्य सुरक्षा र जीविकोपार्जनका लागि सामुदायिक सशक्तिकरण परियोजनाले नौ वटा गाविसमा समुदाय सशक्तिकरण कार्यक्रम मार्फत समुदायको स्तर उन्नती बढाएको कार्यक्रमका सहभागिहरुले बताएका छन् । फेल्म फिनल्याण्ड नेपालको आयोजना सहास नेपालको समन्वयमा जिल्ला सदरमुकाम मान्ममा आज आयोजित कार्यप्रगति तथा समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रमका सहभागिहरुले यस परियोजना मार्फत समुदायको प्रत्यक्ष प्रभाव पर्ने ससाना क्रियाकलापहरुको स्थीति विश्लेषण गरी कार्यक्रम अगाडी बढाएको भन्दै यस्तो बताएका हुन् । 

सहास नेपाल द्धारा जिल्लाका ४ वटा गाविस सिपखाना, मुम्रा, मेहलमुडी, रकु र स्थानीय साझेदार संस्था पचाल झरना राष्ट्रिय विकास समाज मार्फत जिल्लाका ५ वटा गाविस बदालकोट, राम्नाकोट, नानिकोट, फुकोट र स्यूनामा संचालित कार्यक्रम द्धारा लक्षित समुदायको संथागत क्षेमता विकास, लैंगिक समानता र महिला सशक्तिकरण, खाध्य सुरक्षा, लघुउद्यम तथा आयआर्जन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, सामुदायिक पूर्वाधार विकास, युवा परिचालन, बाताबरण तथा जलबायु परिवर्तन जस्ता विबिध अभियान संचालन गरी समुदायको सम्मुनत विकासका लागि उदाहरणिय काम गरेको सहभागिले बताएका छन् । 

समिक्षा कार्यक्रममा परियोजना मार्फत भए गरेका गतिविधिबारे सहास नेपाल कालिकोटका परियोजना अधिकृत नमराज संज्यालले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति विवरणका केही उदाहरणिय उपलब्धी बारे बताउदै परियोजनाले समुहमा चुहिने घैटो विश्लेशण मार्फत ५६ जनालाई जाड रक्सी, चुरोट, सुर्तीको लतबाट छुटाउने देखि लिएर महिला छाउ हुदा समाजमा गरिने ब्यवहार तथा नकरात्मक सोचाई बदली १८६ घरपरिवारले छाउपडी पर्था अन्त्य गरेको र स्वास्थ्य सरसफाईलाई ध्यान दिन स्थानीय सामाग्री प्रयोग गरी इकोप्याड बनाउने विधि सम्म सिकाउने काम गरेको भन्दै कार्यक्रमको प्रशंसा गरेका छन् ।

समिक्षा कार्यक्रमको अध्यक्षता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीले गर्नु भएको छ भने समिक्षामा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधि राजनैतिक दल, नागरिक समाज पत्रकार लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु