दलसिंह गिरी

मंसिर २९, २०७३ कालिकोट/जिल्लालाई कर्नालीकै पहिलो मध्यपश्चिमको तेश्रो तथा नेपालको आठौं खुला दिसामुक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी

मंसिर २९, २०७३ कालिकोट/जिल्लालाई कर्नालीकै पहिलो मध्यपश्चिमको तेश्रो तथा नेपालको आठौं खुला दिसामुक्"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

खुला दिसा मुक्तपछि अबपालो पूर्ण सरसफाईको

२०७३, २९ मंसिर बुधबार १७:०७

दलसिंह गिरी

मंसिर २९, २०७३ कालिकोट/जिल्लालाई कर्नालीकै पहिलो मध्यपश्चिमको दाेश्राे तथा नेपालको आठौं खुला दिसामुक्त क्षेत्र घोषणा पश्चात अब जिल्लालाई पूर्ण सरसफाई युक्त क्षेत्र घोषणाको लागि कालिकोटका सरोकारवालाहरु बहसमा जुट्न थालेका छन् । नेपाललाई सन २०३२ सम्ममा पूर्ण सरसफाई युक्त देश घोषणा गरिसक्ने नेपाल सरकारको राष्ट्रिय रणनैतिक योजना अनुसार कालिकोटलाई ४ बर्ष पहिले नै खुलादिसा मुक्त क्षेत्र घोषणा गरिसकिएकाले अब पूर्ण सरसफाईका लागि निर्धारित राष्ट्रिय रणनीति र कार्यनिर्देशिका अनुसार जिल्लालाई चाडै पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्न जिल्लाका सरोकारवाला बहसमा जुटेका हुन् ।


सरसफाई सम्बन्धि काम गर्ने जिल्लाका सरोकारवालाहरुले आज जिला सदरमुकाम मान्मको किर्डाकहलमा एक सिकाई आदान प्रदान कार्यक्रमको आयोजना गरी पूर्ण सरसफाईबारे बहस संचालन गरेका छन् । जिल्ला स्तरीय खानेपानी तथा पूर्ण सरसफाई स्वच्छता समन्वय समितिको आयोजना एसएनभी नेपालको सहयोग र किर्डाक नेपालको सहजिकरणमा आयोजित सरसफाई सम्बन्धि सिकाई आदानप्रदान कार्यक्रममा जिल्लाका सरोकारवाला सरकारी तथा गैर सरकारी निकायका प्रमुख प्रतिनिधि नागरिक समाज पत्रकारहरुले सरसफाई सम्बन्धि आआफ्नो क्षेत्रबाट गरिएका काम, प्रयास र उपलब्धी आदान प्रदान गरी अब पूर्ण सरसफाई युक्त समाज निर्माणको लागि कसरी अगाडी बढ्न सकिन्छ भन्नेवारे बहस संचालन गरेका हुन् ।

जिल्ला विकास समितिका योजना अधिकृत पविता शाहीको संयोजकत्वमा संचालित बहसमा सरसफाई सम्बन्धि नेपाल सरकारले निर्धारण गरेको लक्ष्य, उद्देश्य, नीतिगत आधार, राष्ट्रिय रणतैतिक योजना, पूर्ण सरसफाई निर्देशिका बारे छलफल गरिएको छ । किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले प्रस्तुत गर्नु भएको पूर्ण सरसफाईका सवालहरु माथि छलफल गर्दै उपस्थीत सरोकारवाला निकायले बहसमा पस्तुत गरिएका निर्देशिका तथा राष्ट्रिय रणनैतिक योजनामा रही पूर्ण सरसफाई सम्बन्धिको अभियान अगाडी बढाउन सबै प्रतिवद्ध रहेको बताएका छन् । 

जिल्लालाई खुलादिसामुक्त क्षेत्र घोषणा गरि सकिएकाले अब चाडो भन्दा चाडो पूर्ण सरसफाई सरसफाईका लागि नेपाल सरकार द्धारा निर्धारित सूचकहरु पालना तथा कार्यान्वयनका लागि सबै क्षेत्र र समुदायस्तरमा पहल एवं पैरवी गर्न सबै प्रतिवद्ध रहेको बताएका हुन् । यसका लागि हाल जिल्लामा समन्य र आर्थिक ब्यवस्थापनको खाचो रहेकाले यसको ब्यवस्थापनका लागि सबै सरोकार एक भएर अगाडी बढ्ने पनि बताएका छन् । केही समय भित्र एसएनभी नेपालको सहयोगमा जिल्लाको ५ बर्षे रणतैतिक योजना प्रकाशन भै आउने तरखरमा रहेकाले रणनैतिक योजना अनुसार पूर्ण सरसफाई बारे काम गर्न सजिलो हुने उपस्थीति सरोकारवालाहरुले बताएका छन् ।

गाउ स्तर र बस्ती स्तरमा पूर्ण सरसफाईको अभ्यास सुरु भै घोषणा प्रक्रिया अगाडी बढिरहेकाले देखिएका समस्या र चुनौति केलाउदै अगाडी बढ्ने हो भने ५ बर्षे रणनैतिक योजना अवधि अगाबै जिल्लालाई पूर्ण सरसफाई युक्त क्षेत्र घोषणा गरिक्ने सहभागिले बताएका छन् । हाल जिल्लाको गेला वडा नं. ३, ४ औलगेला, ५ गणेशकोट, नानिकोट वडा नं. ५ नानिकोट, ८ कोटीला, लालु ५, कुमालगाउँ ८ गाठी लगायतका बस्ती तथा टोललाई पूर्ण सरसफाई युक्त बस्ती तथा टोल घोषणा गरिसकिएको छ भने जुविथा ८ र ९ लाई यहि पुस ३० गते पूर्ण सरसफाई वडा घोषणा हुने तयारीमा रहेको छ । साथै जिल्लाका दाहा ९ तलसेरा, बदालकोट १ र ३, मालकोट ५ डाडागाउ, कुमालगाउ २, गेला ६ र ७ कनी र ओदानकु घोषणा उन्मुखमा रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ