2026-09-16 01:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा मतदाता नामावली सङ्कलन सुरु

पुस १८, कपिलवस्तु । कपिलवस्तु जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि १३९ वटा स्थानमा ११ टोली परिचालन गरेको छ । 

नामावलीमा नाम दर्ता गराउन छुटेकालाई समावेश गर्नका लागि आइतबारदेखि टोली परिचालन गरेको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । आगामी माघ १७ गतेसम्म चल्ने अभियानमा ५/५ जनाको टोली परिचालन गरिएको छ । जिल्लाका सबै ५३ गाविस र छ नगरपालिकाका ८६ वडामा अभियान सञ्चालन गर्ने लक्ष्य छ । अहिले कपिलवस्तुमा दुई लाख ७१ हजार ३९४ मतदाता रहेका छन् । 

दाबी विरोध समेतको माध्यमबाट विवाह, बसाइँसराइ, मृत्युसम्बन्धी त्रुटि पूर्ण विवरणउपर दाबी विरोधको माध्यमबाट तोकिएको अवधिभित्र आआफ्नो विवरण सच्याइ अन्तिम मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग पुग्ने अभियानको उद्देश्य रहेको छ । 

मतदाताको भीड बढी भएका स्थानमा थप जनशक्ति र कार्यदिन थप गर्न सकिने कार्यालयकी कम्प्युटर अपरेटर अनिता क्षेत्रीले बताउनुभयो । जिल्लामा २०७३ असोज मसान्तसम्ममा दुई लाख ७३ हजार ४०८ जना निर्वाचन कार्यालयमा दर्ता भएकाको सङ्ख्या रहेको छ । 

जिल्लाका सबै ५३ गाविस र छ नगरपालिकामा नामावली सङ्कलनका लागि १३९ स्थानमा कम्तीमा दुई दिनका दरले दर्ता कार्यक्रम सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल