2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धाैलागिरीमा ‘ड्राइभिङ लाइसेन्स’ अावेदन खुल्यो

पुस २८, बागलुङ | धाैलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ ।

यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेको थियो ।

मङ्गलबारदेखि बिहीबारसम्म मोटरसाइकल र शुक्रबार स्कुटर चालकका लागि आवेदन दिने व्यवस्था गरिएको छ । पूर्वाधार अभावले रोकिएको अनुमति पत्र परीक्षा खुलेपछि सर्वसाधारण उत्साहित बनेका छन्। कार्यालयमा आवेदन दिनेको भीड लागेको अनुमति पत्र वितरण शाखाका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताए।

मोटरसाइकल र स्कुटरपछि अन्य सवारी साधनका लागि अनुमति पत्र खुलाउने तयारी कार्यालयको छ। यातायात व्यवस्था विभागले नयाँ नीति अख्तियार गरेसँगै पूर्वाधारको कमीका कारण धवलागिरि अञ्चलबाट सबैखाले सवारी साधनको अनुमति पत्र वितरण कार्य रोकिएको थियो।

परीक्षा रोकिएपछि कार्यालयबाट सेवा लिने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही समस्यामा पर्दै आएका थिए।

धाैलागिरिबासी अनुमति पत्रका लागि पोखरा, काठमाडौँलगायत ठाउँ जानुपर्ने बाध्यता छ। कार्यालयले बागलुङ नगरपालिका–१ खनियाबासमा अभ्यास परीक्षाका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ। यसअघि कार्यालयले मासिक ८०० सवारी साधन अनुमति पत्र वितरण गर्दै आएको थियो। कार्यालयले साना, मझौला र ठूला गरी सबै सवारी साधनको क्रमशः अनुमति पत्रको परीक्षा सञ्चालन गर्ने जनाएको छ। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल