माघ ९, कालिकोट । जिल्लामा संचालित स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध हुने कुनैपनि औषधी अभाव नरहेको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले जिकिर गर्नु भएको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, कालिकोट । जिल्लामा संचालित स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध हुने कुनैपनि औषधी अभाव नरहेको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले जिकिर गर्नु भएको छ । 
<"/>
2026-09-16 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्वास्थ्य संस्थामा औषधी आर्पूतिको कुनै समस्या छैन: प्रमुख अलि

माघ ९, कालिकोट । जिल्लामा संचालित स्वास्थ्य संस्थाबाट निशुल्क उपलब्ध हुने कुनैपनि औषधी अभाव नरहेको जिल्ला स्वास्थ्य प्रमुख कौशल अलिले जिकिर गर्नु भएको छ । 

जिल्ला अस्पतालबाट पाईने ७० प्रकार, प्राथमिक स्वास्थ्य केन्द्रबाट पाईने ५८ प्रकार र स्वास्थ्य संस्थाबाट पाईने ३५ प्रकारको निशुल्क औषधी हाल जिल्लामा २ महिना सम्म पुग्ने गरी मौजुदा रहेको समेत जिकिर गर्नु भएको छ ।

जिल्लामा औषधी आपूर्तिका लागि स्वास्थ्य विभाग तथा औषधी ब्यवस्थापन महाशाखाले ७० प्रतिशत, क्षेत्रिय स्वास्थ्य निर्देशनालयले १० प्रतिशत र जिल्ला स्वास्थ्यले २० प्रतिशत औषधी खरिद गरी ब्यवस्थापन गर्न पर्ने ब्यवस्था भएपनि केन्द्र तथा क्षेत्रमा औषधी खरिद तथा आपूर्तिमा केही घोटाला भएको भन्दै अक्तियारले गरेको छानविनका कारण टेन्डर प्रक्रिया ढिलाई भएपनि जिल्लाका लागि आउने बजेट र स्वास्थ्य मन्त्रालय तथा अन्य निकायबाट प्राप्त आर्थिक श्रोतबाट औषधी आपूर्ति भैरहेको स्वास्थ्य प्रमुख अलिले जिविर गर्नुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयमा केही हद सम्म औषधी भएपनि ग्रामिण भेगका स्वास्थ्य संस्थामा औषधी पाईदैन भन्दै स्थानीय वासीहरुको गुनासो किन आउछ भन्ने पत्रकारहरुको जिज्ञासाबारे बोल्दै स्वास्थ्य प्रमुख अलिले पहिलोकुरा स्थानीय वासीलाई स्थानीय स्वास्थ्य संस्थाबाट निशुल्क पाईने औषधी यो–यो हो भनि बुझाउन नसक्नु, र स्थानीय स्वास्थ्य कर्मीले पनि स्वास्थ्य संस्थामा कम्तिमा ५ बढी आईटमको औषधी नसकिए सम्म जिल्लाबाट औषधी माग नगर्नुले कहिलेकाही त्यस्तो गुनासो आएको बताउनु भएको छ ।

अझैपनि औषधी खरिदका लागि जिल्ला स्वास्थ्यमा करिव ७ लाख ९३ हजार बजेट मौजुदा रहेको र स्वास्थ्य मन्त्रालयबाट समेत थप बजेट माग गरि विनियोजन भैसकेकाले अक्तियारी आउदासाथ एक महिना भित्रै टेन्डर आह्वान सहित औषधी आपूर्तिगरी चालु आर्थिक बर्ष सम्मका लागि कुनै समस्या आउन नदिने प्रतिवद्धता समेत प्रमुख अलिले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल