दलसिंह गिरी/माघ १४, कालिकोट । आज विहान ४ बजे देखि निरन्तर परेको झरीसंगै बाक्लो हिमपातले सबै भन्दा बढी पशुपालक कृषकमारमा परेका छन् । 

हिजो साझ एक्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ १४, कालिकोट । आज विहान ४ बजे देखि निरन्तर परेको झरीसंगै बाक्लो हिमपातले सबै भन्दा बढी पशुपालक कृषकमारमा परेका छन् । 

हिजो साझ एक्क"/>

2026-07-11 12:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा हिमपात अझै रोकीएन, चिसोका कारण पशुपालक कृषक मारमा

2017-01-27

दलसिंह गिरी/माघ १४, कालिकोट । आज विहान ४ बजे देखि निरन्तर परेको झरीसंगै बाक्लो हिमपातले सबै भन्दा बढी पशुपालक कृषकमारमा परेका छन् । 

हिजो साझ एक्कासी भएको मौसमको बदलिसंगै आज विहानबाट लगातार परेको झरी संगैको हिमपातले कालिकोट लगायत आसपासका जिल्लाहरुका पशुपालक कृषक बढी मारमा परेका हुन ।  भेडा, बाख्रा, घोडा, भैसी, लगायतका पशुपालनको एक प्रमुख क्षेत्र मानिने कालिकोट जुम्ला बाजुरा अछाम, हुम्ला मुगु डोल्पा लगायतका क्षेत्रहरुमा बाक्लो हिमपात हुदा पशुबस्तुहरुलाई चराउन कठिनाई उत्पन्न भएको छ । 

कालिकोटमा मात्रै जिल्ला पशुसेवा कार्यालयमा दर्ता भएका करिव १५ वटा बाख्रपालन, ७ वटा भेडापालन, ११ वटा भैसीपालन र १४ वटा कुखुरापालन र एउटा बंगुर पालन फारम नै दर्ता गरी ब्यवशायिक रुपमा कृषकहरुलोगेको जिल्ला पशुसेवा कार्यालयमा प्राविधिक नेत्रबहादुर शाहीले जानकारी दिनु भएको छ ।

हाल कालिकोटमा मात्र करिव २ हजार ९ सय २५ गाई, २९ हजार २ सय २५ भैसी, ५४ हजार ३० बाख्रा, ३० हजार ७ सय ३२ भेडा, ४९ हजार ३ सय १६ कुखुरा र १ हजार ३५ घोडा खच्चड गरी करिव १ लाख ८७ हजार २ सय ७१ विभिन्न जातका पशुबस्तु रहेको प्राविधिक शाहीले बताउनु भएको छ ।  

लामो समय सम्मको झरी तथा हिमपातका कारण चिसो बढी पशुबस्तुमा नियोनिया बढ्ने भएकाले पशु कृषकहरुले आफ्नो पशुबस्तुलाई न्यातो सोतरको राम्रो ब्यवस्थापन गरी दानपानीमा बढी ध्यान दिनुपर्ने पशुसेवा कार्यालयका निमित्त पशुचिकित्सक बज्रकिशोर ठाकुरले बताउनु भएको छ ।  

यता जिल्ला कृषि विकास कार्यालयभने भने धेरै दिनको खडेरी पछि भारी झरी भएकाले खेती तथा फलफुलवाला कृषकहरु भने खुशी भएको जनाएको छ । बाक्लो झरीका कारण कृषकहरुले लगाएको हिउदेबाली गहुँ जौ, फापर जस्ताबालीहरुलाई राम्रो भएको छ भने ओखर, स्याउ लगायतका विरुवाहरु रोप्ने उपयुक्त सिजनमा झरी परेकाले कृषकहरुलाई एकदमै लाभदायक मौसम भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले झरी संगैको बढ्दो चिसोका कारण बालबालिका र बृद्धाबृद्धहरुलाई रुगाखोकी निमोनिया दम जस्ता रोगहरु ह्वात्ते  च्याप्ने भएकाले यसबाट बच्न न्यानो कपडा सहित तातोमा रहन सर्बसाधारणहरुलाई आग्रह समेत गरेको छ । 

यसैगरी चिसो मौसममा सुरक्षाको दृष्टिकोणलाई इंकित गर्दै जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लामा ह्वात्तै बढेको चिसोमा जाड रक्सीको सेवनमा बृद्धि भै झैझगडा बढ्ने भएकाले यसमा सतर्क रहन होटल ब्यवसायी मदिरा ब्यापारी लगायत सम्पूर्ण सरोकारवा निकायहरुलाई सतर्क रहन आग्रह समेत गरेको छ । 

विद्युत प्राधिकरण शाखा कालिकोटले विद्युत आपूर्तिलाई मध्य नजर गर्दै आफ्ना ग्राहकहरुलाई अनावश्यक हिटर जस्ता विद्युतीय उपकरण प्रयोग नगर्न सूचना समेत जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित