दलसिंह गिरी/माघ २३, कालिकोट । तेह्र बर्ष पहिले आफुलाई एचआई संक्रमण भएको कुरा थाहा पाएपछि मर्नु र बाच्नुको दोसाधमा रहेका लालुका कालि बहादुर शाही अहिले एचआईभी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/माघ २३, कालिकोट । तेह्र बर्ष पहिले आफुलाई एचआई संक्रमण भएको कुरा थाहा पाएपछि मर्नु र बाच्नुको दोसाधमा रहेका लालुका कालि बहादुर शाही अहिले एचआईभी"/>

2026-09-15 08:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

एचआईभि संक्रमण न्यूनिकरणमा संक्रमित शाहीनै अग्रसर


दलसिंह गिरी/माघ २३, कालिकोट । तेह्र बर्ष पहिले आफुलाई एचआई संक्रमण भएको कुरा थाहा पाएपछि मर्नु र बाच्नुको दोसाधमा रहेका लालुका कालि बहादुर शाही अहिले एचआईभी नियन्त्रण अभियानमा लाग्नु भएको छ । 

१३ बर्ष पहिले आफु ज्वरोले थलापरि उपचारको शिलशिलामा काठ्माण्डौंमा चेकजाच गर्दा एचआईभी संक्रमण बारे थाहापाई विरक्तिएका शाही केही बर्षको कैलाली बसाई पछि अहिले कालिकोटमा एचआईभी न्युनिकरण अभियानमा लाग्नु भएको हो । 

कैलालीमा एचआईभी संक्रमीतहरुको बाकी जिवन शुखमय जिउन पृष्टपोषण गर्दै आएको नबकिरण प्लस संस्था जिवनमा केही गर्नपर्छ भन्ने प्रेरणा पाएका शाही २०६५ मा कालिकोट आई कर्नाली प्लस संस्था दर्ता गरी बैधानिक ढंगले अभियान थालेको बताउनु हुन्छ ।

संस्था संचालनको आठ बर्षको प्रियटमा कुनै कतैबाट एचआईभी संक्रमण न्यूनिकरण अभियानका बारे सहयोग तथा हौसला नपाए पनि आफ्नै ब्यक्तिगत प्रयासमा लालुका केही एचआइभी संक्रमितहरुलाई एआरटी सेवनको लागि सुर्खेत नेपालगंज सम्म लगेर उपचार गराउने काम गरेको बताउनु हुन्छ । उपचार गराईरहेका मध्य ४ जनाको मृत्यु भैसके पनि अन्य भने औषधी सेवन गरिरहेका र उनीहरुको स्वास्थ्य स्थीति राम्रो रहेको शाही बताउनु हुन्छ ।

आज जिल्ला सदरमुकाम मान्ममा आयोजित एचआईभी न्युनिकरण सम्बन्धि जिल्ला स्तरीय सरोकारवालाहरु संगको समन्वययात्क बैठकमा बोल्दै शाहीले विगत बर्ष कर्नाली प्लस अभियान संचालनका लागि कुनै सयोग र हौसला नपाएपनि अहिले राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल काठ्माण्डौंको सहयोगमा कार्यक्रम संचालन गर्दै आएको बताउनु भएको छ ।

एचआईभी संक्रमितहरुको जिबनस्तर माथि उकास्न, एचआईभीबाट बच्ने उपाय तथा संक्रमण न्यूनिकरणका लागि जनचेतनामुलक अभियान संचालन गर्नेगरेको बताउदै शाहीले यो अभियानलाई सार्थक तुल्याउन सम्पूर्ण सरोकारवाला निकायहरुले आआफ्नो क्षेत्रबाट सक्दो सहयोगका लागि अनुरोध समेत गर्नु भएको छ । 

कर्नाली प्लसका अध्यक्ष कालि बहादुर शाहीको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अजिर आलमको प्रमुख आथित्यता जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरुको उपस्थितिमा आयोजित कार्यक्रममा उपस्थित सरोकारवालाहरुले एचआईभी न्यूनिकरण अभियानमा आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोगमा प्रतिवद्ध रहेको जनाएका छन् । 

समन्वययात्मक बैठकको औचित्यबारे प्रकाश पार्दै  संस्थाका प्रशासकिय अधिकृत दिपक शाहीले स्वास्थ्य जाचमा आएका मध्य हाल जिल्लामा ३५ जना एचआईभि संक्रमित रहेको जसमा १९ जना महिला १५ जना पुरुष र एक जना ८ बर्षिया बालिका रहेको बताउनु भएको छ । 

खुलेर स्वास्थ्य जाच गर्न आउन हिचकीचावटका कारण जिल्लामा यथार्थ तथांक आउन नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख आलमले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ