२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

भाडाको विषयमा कुरा नमिल्दा घरबेटीले भाडामा बस्नेलाई छतबाट खसाले

२०७३, २५ माघ मंगलवार १५:०५

माघ २५, जनकपुर | भाडाको विषयमा कुरा नमिलेपछि सामान्य विवाद हुँदा भाडामा बस्नेलाई घरबेटीले घरको छतबाट खसालेर घाइते बनाएका छन् । घटना जनकपुर उपमहामनगरपालिका-११ मिल्सएरियाको हो । 

 श्रीमती, चार छोरीसहित डेरामा बस्दै आएका ४७ वर्षका दिलीप साहलाई घरबेटी राजकुमार चौधरीले सामान्य बिबादमा घरको छतबाट खसालेका हुन् । उक्त घटना माघ १३ गते घटेको भएपनि मंगलबार सार्वजनिक भएको हो । छतबाट खसालिएका साहलाई जनकपुरको धनुषा अस्पतालमा उपचार गराइएको छ । छतबाट खसेका साहको टाउकोमा गम्भीर चोट लागेको छ बहने शरीरका विभिन्न भागमा चोट लागेको छ । 

निर्माण कार्यमा मजदुरी गर्ने साहको काम गरेर डेरा पुगेपछि घरबेटीसंग सामान्य बिबाद भएको थियो त्यतिकैमा घरबेटीले उनलाई धक्का दिएका थिए । त्यसपछि उनको होस माघ १४ गते खुलेपछि मात्र उनले आफुलाई घरबेटीले घरबाट खसालेको भन्ने थाहा पाएका थिए ।

एक्लै कमाएर चार छोरी सहित ६ जनाको परिवार पाल्दै आएका साहलाई घरबेटीको कारण आफ्नो सरिरले भारी काम गर्न नसक्ने भएपछी अब कसरी घर चलाउने भन्ने चिन्ताले पिरोलेको छ । घटना भएको भोलीपल्ट नै घरबेटी बिरुद्ध मुद्धा दायर गरिएको भएपनि कुनै चासो देखाइएको छैन । बरु उल्टो घरबेटीको मगज बिग्रिएको भन्दै घटनालाई टार्न प्रयास गरिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला