दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स"/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पूर्णखोप अभियानमा चुनौति भौगोलिक विकटता र अशिक्षा

२०७३, २ फाल्गुन सोमबार १६:५०

दलसिंह गिरी | फागुन २, कालिकोट | सन २०१७ सम्ममा नेपाललाई पूर्ण खोप युक्त क्षेत्र घोषणा गर्ने नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अभियानमा चुनौति थपिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कौषल अलीले बताउनु भएको छ । कालिकोट तथा कर्नालीको भौगोलिक विकटता तथा ब्याप्त अशिक्षाका कारण यो अभियान सम्पन्न गर्न चुनौति थपिएको बताउनु भएको हो । 

जिल्ला सदरमुकाम मान्ममा सोमवार आयोजित जिल्ला स्तरीय खोप समन्वय समितिको बैठकमा बोल्दै प्रमुख अलिले पूर्ण खोप क्षेत्र घोषणाका लागि देखापरेका चुनौतिका विच पनि सरकारले थालनी गरेको निर्देशनात्मक अभियान सफल पार्न कालिकोटमा कार्ययोजना सहितको रणनैतिक अभियान सुरुगरिएको बताउनु भएको छ । 

पूर्ण खोप अभियानका लागि जिल्लामा थालिएको कामको अवस्थाबारे बताउदै जिल्ला स्वास्थ्य कार्यालयका खोप कार्यक्रमका फोकलपर्शन रविन्द्र सेजुवालले हाल जिल्लाका ६ वटा गाविस दाहाँ, राचुली, कुमालगाउँ, गेला, जुविथा र कालिका मुग्राहालाई पूर्ण खोप गाविस घोषणा गरिसकेको र अब तत्काल चैत्र सम्ममा फेरी ५ वटा गाविस छाप्रे, रुप्सा, फुकोट, कोटवाडा र चिलखायालाई घोषणा गर्ने गृहकार्य भैरहेको बताउनु भएको छ ।

तत्काल यहि फागुनमै घोषणाका लागि तयारी अवस्थामा रहेका छाप्रे र रुप्सा गाविसका स्तरीय सरोकारवालाहरुले गरेको निर्णय अनुसार पूर्ण खोपको अवस्था र आवश्यक सुचकहरुबारे पूर्ब स्थलगत अनुगमन लागि आयोजित समन्वयात्मक बैठकमा राखिएको अनुगमन प्रश्तावबारे छलफल गर्दै समितिले यहि पहिलो हप्ता भित्रै स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

खोप समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमुख आथित्यता आयोजित बैठकमा जिल्लामा कृयाशिल राजनैतिक दल, पत्रकार नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश