दलसिंह गिरी/फागुन ८, कालिकोट । विगतका बर्ष भन्दा यस बर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला जिल्ला सदरमुकाम मान्मक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन ८, कालिकोट । विगतका बर्ष भन्दा यस बर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला जिल्ला सदरमुकाम मान्मक"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटका महिलाद्धारा जिल्ला प्रशासन र जिल्ला स्वास्थ्यमा धर्ना

२०७३, ८ फाल्गुन आईतवार १६:०३


दलसिंह गिरी/फागुन ८, कालिकोट । विगतका बर्ष भन्दा यस बर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला जिल्ला सदरमुकाम मान्मका महिलाहरुले स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा नपाएको भन्दै जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयमा ध्यानाकर्षण सहितको धर्ना कार्यक्रम गरेका छन् । 

स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रवाहका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले ब्यवस्था गरे अनुसारको सेवा कालिकोटका स्वास्थ्य संस्थाहरुबाट नपाईएको भन्दै जिल्ला सदरमुकाम मान्ममा महिलाहरु धर्नामा उत्रिएका हुन् ।

मानब अधिकार संरक्षण समुह मान्मका अध्यक्ष जुना पाण्डेको संयोजकत्वमा धर्नामा उत्रिएका महिलाहरु हातमा प्लेकार्ड र ब्यानर सहित करिब १ घण्टा जिल्ला प्रशासन कार्यालय परिषर विहिर धर्नामा बस्नुका साथै प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्कालाई ध्यानाकर्षण पत्र समेत दिएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले यसको यथार्थताबारे जिल्ला स्वास्थ्यमा बुझ्ने जानकारी दिएपछि टोली फेरी जिल्ला स्वास्थ्य कार्यालयमा धर्ना दिएको छ । 

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरी स्वास्थ्य संस्थाबाट पाउने आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने, प्रत्येक नागरिकले स्वास्थ्य सेवा बारे जानकारी पाउने, स्वास्थ्य सेवामा समान पहुँच र सभ्य ब्यवहार सहितको सेवा दिईने जस्ता कुराहरु ब्यवस्था गरिएपनि कालिकोटका स्वास्थ्य संस्थामा यसो नभै विरामीले सामान्य औषधीका लागि मेडिकल धाउनु पर्ने, साहुसंग ऋण काटेर उपचारको लागि सुर्खेत नेपालगंज जानुपर्ने, स्वास्थ्यकर्मीबाट सधै अभद्रब्यवहार खेप्नु पर्ने जस्ता सवालहरु उठेकाले यसबारे जिल्ला प्रशासन र जिल्ला स्वास्थ्यलाई ध्यानाकर्षण गराउन धर्नाकार्यक्रम गरिएको मानब अधिकार संरक्षण समुहका अध्यक्ष जुना पाण्डेले बताउनु भएको छ । 

धर्नामा बसेका महिला समुहहरुले उठाएका सवालबारे जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कौषल अलिले विगतका दिनहरुमा यस्ता समस्याहरु देखिए पनि हाल यस्तो नरहेको र यदाकदा त्यस्तो देखिएको खण्डमा केन्द्र देखि स्थानीय स्तर सम्म तत्काल प्रक्रियागत कार्वाही अगाडी बढाउने प्रतिवद्धता गरेपछि धर्ना कार्यक्रम स्थगित भएको धर्ना कार्यक्रमका महिलाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ