2026-10-31 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिलाद्धारा जिल्ला प्रशासन र जिल्ला स्वास्थ्यमा धर्ना

दलसिंह गिरी | फागुन ८, कालिकोट | विगतका बर्ष भन्दा यस बर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला जिल्ला सदरमुकाम मान्मका महिलाहरुले स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा नपाएको भन्दै जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयमा ध्यानाकर्षण सहितको धर्ना कार्यक्रम गरेका छन् । स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रवाहका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले ब्यवस्था गरे अनुसारको सेवा कालिकोटका स्वास्थ्य संस्थाहरुबाट नपाईएको भन्दै जिल्ला सदरमुकाम मान्ममा महिलाहरु धर्नामा उत्रिएका हुन् ।

मानब अधिकार संरक्षण समुह मान्मका अध्यक्ष जुना पाण्डेको संयोजकत्वमा धर्नामा उत्रिएका महिलाहरु हातमा प्लेकार्ड र ब्यानर सहित करिब १ घण्टा जिल्ला प्रशासन कार्यालय परिषर विहिर धर्नामा बस्नुका साथै प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्कालाई ध्यानाकर्षण पत्र समेत दिएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले यसको यथार्थताबारे जिल्ला स्वास्थ्यमा बुझ्ने जानकारी दिएपछि टोली फेरी जिल्ला स्वास्थ्य कार्यालयमा धर्ना दिएको छ । 

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरी स्वास्थ्य संस्थाबाट पाउने आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने, प्रत्येक नागरिकले स्वास्थ्य सेवा बारे जानकारी पाउने, स्वास्थ्य सेवामा समान पहुँच र सभ्य ब्यवहार सहितको सेवा दिईने जस्ता कुराहरु ब्यवस्था गरिएपनि कालिकोटका स्वास्थ्य संस्थामा यसो नभै विरामीले सामान्य औषधीका लागि मेडिकल धाउनु पर्ने, साहुसंग ऋण काटेर उपचारको लागि सुर्खेत नेपालगंज जानुपर्ने, स्वास्थ्यकर्मीबाट सधै अभद्रब्यवहार खेप्नु पर्ने जस्ता सवालहरु उठेकाले यसबारे जिल्ला प्रशासन र जिल्ला स्वास्थ्यलाई ध्यानाकर्षण गराउन धर्नाकार्यक्रम गरिएको मानब अधिकार संरक्षण समुहका अध्यक्ष जुना पाण्डेले बताउनु भएको छ । 

धर्नामा बसेका महिला समुहहरुले उठाएका सवालबारे जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कौषल अलिले विगतका दिनहरुमा यस्ता समस्याहरु देखिए पनि हाल यस्तो नरहेको र यदाकदा त्यस्तो देखिएको खण्डमा केन्द्र देखि स्थानीय स्तर सम्म तत्काल प्रक्रियागत कार्वाही अगाडी बढाउने प्रतिवद्धता गरेपछि धर्ना कार्यक्रम स्थगित भएको धर्ना कार्यक्रमका महिलाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय