2026-09-15 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिलाद्धारा जिल्ला प्रशासन र जिल्ला स्वास्थ्यमा धर्ना

दलसिंह गिरी | फागुन ८, कालिकोट | विगतका बर्ष भन्दा यस बर्ष प्रभावकारी सेवा भैरहेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गरिरहेका बेला जिल्ला सदरमुकाम मान्मका महिलाहरुले स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा नपाएको भन्दै जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयमा ध्यानाकर्षण सहितको धर्ना कार्यक्रम गरेका छन् । स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रवाहका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले ब्यवस्था गरे अनुसारको सेवा कालिकोटका स्वास्थ्य संस्थाहरुबाट नपाईएको भन्दै जिल्ला सदरमुकाम मान्ममा महिलाहरु धर्नामा उत्रिएका हुन् ।

मानब अधिकार संरक्षण समुह मान्मका अध्यक्ष जुना पाण्डेको संयोजकत्वमा धर्नामा उत्रिएका महिलाहरु हातमा प्लेकार्ड र ब्यानर सहित करिब १ घण्टा जिल्ला प्रशासन कार्यालय परिषर विहिर धर्नामा बस्नुका साथै प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्कालाई ध्यानाकर्षण पत्र समेत दिएका छन् । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले यसको यथार्थताबारे जिल्ला स्वास्थ्यमा बुझ्ने जानकारी दिएपछि टोली फेरी जिल्ला स्वास्थ्य कार्यालयमा धर्ना दिएको छ । 

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरी स्वास्थ्य संस्थाबाट पाउने आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने, प्रत्येक नागरिकले स्वास्थ्य सेवा बारे जानकारी पाउने, स्वास्थ्य सेवामा समान पहुँच र सभ्य ब्यवहार सहितको सेवा दिईने जस्ता कुराहरु ब्यवस्था गरिएपनि कालिकोटका स्वास्थ्य संस्थामा यसो नभै विरामीले सामान्य औषधीका लागि मेडिकल धाउनु पर्ने, साहुसंग ऋण काटेर उपचारको लागि सुर्खेत नेपालगंज जानुपर्ने, स्वास्थ्यकर्मीबाट सधै अभद्रब्यवहार खेप्नु पर्ने जस्ता सवालहरु उठेकाले यसबारे जिल्ला प्रशासन र जिल्ला स्वास्थ्यलाई ध्यानाकर्षण गराउन धर्नाकार्यक्रम गरिएको मानब अधिकार संरक्षण समुहका अध्यक्ष जुना पाण्डेले बताउनु भएको छ । 

धर्नामा बसेका महिला समुहहरुले उठाएका सवालबारे जानकारी दिदै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कौषल अलिले विगतका दिनहरुमा यस्ता समस्याहरु देखिए पनि हाल यस्तो नरहेको र यदाकदा त्यस्तो देखिएको खण्डमा केन्द्र देखि स्थानीय स्तर सम्म तत्काल प्रक्रियागत कार्वाही अगाडी बढाउने प्रतिवद्धता गरेपछि धर्ना कार्यक्रम स्थगित भएको धर्ना कार्यक्रमका महिलाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ