2026-09-15 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

फुकोटमा पढाई सिकाईको अवस्थाबारे सरोकारवाला विच अन्तरक्रिया

दलसिंह गिरी/फागुन ९, कालिकोट । फुकोट गाविसमा संचालित पढाई सिकाई कार्यक्रमको अवस्थाबारे गाविसका सरोकारवाला विच भएको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाविसमा रहेका माध्यामिक र आधारभूत विद्यालयहरुमा संचालित पढाई सिकाई कार्यक्रमको प्रभावकारीता, यसको अवस्थाबारे छलफल तथा यसको थप प्रभावकारीबारे गरिनु पर्ने अभियानबारे छलफल गरी अन्तरक्रिया कार्यक्रम सम्पनन भएको हो । 

यूनिसेफ नेपालको आर्थिक सहयोग विश्व शिक्षा कार्यक्रमको प्राविधिक सहयोग, जिल्ला शिक्षा कार्यालयको समन्वय र किर्डाक नेपालको साझेदारीमा संचालित प्रारम्भिक तह पढाई सिकाई कार्यक्रमबारे ब्यापक छलफल भै विद्यालयमा संचालित कार्यक्रम पश्चात विद्यालय तथा बालबालिकाको पढाई सिकाईमा उल्लेख्य परिवर्तन आएकाले यो कार्यक्रम नियमित र थप प्रभावकारी ढंगले संचालन गर्न पर्ने कार्यक्रमका सहभागिहरुले बताएका छ । 

गाविस सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक समिति लगायतका पदाधीकारीहरुको उपस्तिति कार्यक्रममा पूर्ण सरसफाई, बालबालिकाको पढाई सिकाईमा नियमित अनुगमन, शैक्षिक सामाग्रीको नियमित प्रयोग, बालमैत्री कक्षा कोठाको ब्यवस्थापन जस्ता विविध विषयमा छलफल गरिएको किर्डाक नेपाल कालिकोटका पढाई सिकाई उत्पे्ररक देउमनी धमालाले टेलिफोन मार्फत जानकारी दिनुभएको छ । 

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता जनजागृति मावि डुंरिडाडाका शिक्षक कृष्ण प्रसाद बरालले गर्नु भएको र यसको सहजिकरण स्वयम आफैले गरेको पढाई सिकाई उत्प्रेरक धमालाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ