2026-10-31 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पाँच युवतिको कृष्णनगरबाट उद्धार

माधव वेल्वासे/फागुन १४, कपिलवस्तु । पछिल्लो समयमा नेपालि युवतिहरु वैदेशिक रोजगारि लोभले वेचिन पुगेका छन । 

नेपालमा चेलिवेटि वेचविखन विरुद्ध रहेका केहि सस्थाहरु भने चेलिवेटि रोकथामको लागि क्रियासिल रहेको देखिएको छ ।कपिलवस्तुको कृष्णनगर नाका भई सयौ युवति हरु वेचिने गरेकोले यस ठाउमा रहेको  के. आई नेपाल शाखा कार्यलय कृष्णनगरले पछिल्लो समयमा युवतिको उद्धार गर्न सफल भएको छ । 

के आई नेपाल र नेपाल प्रहरिको संयुक्त टोलीले एक हप्ता नवित्दै  ५ जना युवति को उद्धार गरेको छ ।उद्धार गरेकी चेलीहरु मध्ये भारतका बिभिन्न शहर देखि दुबै सम्म रोजगार मा जाने रहेका छन् । ।के.आई नेपाल र नेपाल प्रहरिको संयुक्त टोलीले प्युठान घर हुने आसा र सिता  (नाम परिबर्तन )लाई उद्धार गरेको छ त्यस्तै मोरङ्ग बयरबन घर भएकी १६ बर्षकि पुजा (नाम परिबर्तन) भारतमा रोजगार गर्न भनि जादै गर्दा उद्धार गरेको छ ।

त्यस्तै दाङ्ग  घर हुने रुपा नाम परिबर्तन श्रीमान बाट छुट्टिनु पर्ने बाध्यता र धेरै छोरा छोरी भएको कारण रात दिन रोएर दिन काट्न बाध्य थिइन घरमा चरम गरिबि र अभाब पछि रोजगार गर्ने हेतुले फोनमा चिनजान भएको एक पुरुष संग भारत जादै गर्दा उद्धार गरिएको हो ।उद्धार गरिएकि ती महिला हाल के.आइृ नेपालले आत्मा निर्भर गराउने उदेश्यले चितवन सेफ होम बिभिन्न तालिम दिनका लागी रिफर गरेको छ भने अर्कि कपिलबस्तु पत्थरदइया बस्ने सिता नाम परिबर्तन आफुलाई एजेन्ट बताउने पुरुष मार्फत भारत हुदै दुबै जाने योजनामा कृष्णनगरबाट उद्धार भएकी छन उद्धार पछि युजतिले  श्रीमानले अर्को ल्याएको र घरको आर्थिक अबस्था कमजोर भएको कारण जान लागेको बयानमा उल्लेख गरेकि छन 

युवति साथमा लिएर आउने ब्याक्ति अलग रुपमा बोर्डर पार भएको हुदा एजेन्टलाई नाम समेत थाहा नभएको कारण  र मोबाईल स्वृच अफ गरेको हुदा नियन्त्रणमा लिन कठिन भएको र नेपाल प्रहरि लिंगेट र के.आई नेपालले कडा रुपमा बेलुका सम्म खोजी कार्य तिब्र बनाएको थियो  ।

पछिल्लो समय कृष्णनगरको बाटो आउने चेलीहरु कोहि बाबु आमा नभएका त कोहि श्रीमानले अर्को बिबहा गरेकाको संख्या बढि भएको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताए ।

बिशकर्माका अनुसार उद्धार गरिएका चेली मध्ये ३ जनालाई बिभिन्न सिप सिकाई आत्मा निर्भर गराउनका लागी चितवन सेफ होम पठाएको जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय