दलसिंह गिरी | फागुन १९, कालिकोट | जलबायु परिवर्तन अनुकुलन तथा लैंगिक समाबेशिकरण सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज जिल्ला सदरमुकाम मान्ममा उद्घाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | फागुन १९, कालिकोट | जलबायु परिवर्तन अनुकुलन तथा लैंगिक समाबेशिकरण सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज जिल्ला सदरमुकाम मान्ममा उद्घाट"/>

2026-09-15 05:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सरकारी प्रतिनिधि जलबायु परिवर्तन अनुकुलनका प्रशिक्षक बन्दै


दलसिंह गिरी | फागुन १९, कालिकोट | जलबायु परिवर्तन अनुकुलन तथा लैंगिक समाबेशिकरण सम्बन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज जिल्ला सदरमुकाम मान्ममा उद्घाटन गरिएको छ । जिल्ला बन कार्यालयका प्रमुख अचल ढुंगानाको अध्यक्षता स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको प्रमुख आथित्यतामा तालिमको उद्घाटन गरिएको हो । 

पहाडी साना किसानका लागि अनुकुलन आयोजना (आसा) परियोजनाको आयोजनामा संचालित तालिममा जलबायु परिवर्तनको अवस्था यसले पार्ने प्रभाव र यसको नियन्त्रण तथा न्यूनिकरणका लागि आवश्यक पर्ने अनुकुलन योजना निर्माण प्रक्रिया सार्थक तुल्याउन स्थानीय श्रोत ब्यक्ति उत्पादन गर्ने जस्ता बिबिध उद्देश्य रहेको आशा परियोजनाका जिल्ला संयोजक अनिर अन्सारीले बताउनु भएको छ । उद्घाटन तालिममा तालिमको आवश्यकता र औचित्यवारे प्रकाश पार्दै अन्सारीले यसका लागि समुदाय स्तरमा प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधिहरुलाई नै प्रशिक्षक तयार पारेपछि उनीहरुबाटै स्थानीय श्रोत ब्यक्ति उत्पादन गर्न सजिलो हुने भन्दै यस्तो बताउनु भएको हो । 

आज विहिवार देखि ५ दिन सम्म संचालन हुने तालिममा समुदाय संग प्रत्यक्ष सरोकार राख्ने जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका करिव २७ जना प्रतिनिधिहरुले सहभागिता लिएका छन् । तालिम यहि फागुन २३ गते सम्म संचालन हुने आशा परियोजनाका लेखापाल ज्ञान बहादुर ओलीले बताउनु भएको छ । जिल्ला सदरमुकाम मान्मको चन्द्रसूर्य होटलमा आयोजित तालिमको उद्घाटन सत्रको कार्यक्रम संचालन गर्दै लेखापालले यस्तो बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ