Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्लाहीकि सांसदको भारतमा दुर्घटना, दाइने खुट्टा काटियो, चालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

चैत ८, काठमाडौँ | सर्लाही जिल्लाकि एमाले सांसद दुलारी देवी चढेको मोटरसाइकल भारतमा दुर्घटनामा पर्दा चालकको मृत्यु भएको छ भने सांसद दुलारी देवीको दाइने खुट्टा  खुट्टा काट्नु परेको छ ।

सांसद दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी हुन् । मोटरसाइकल चालक रवीन्द्र साहको भने घटनास्थलमै मृत्यु भएको छ ।

सामान किन्न सीमावर्ती भारतको सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदै गरेको मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो । घटना चैत ५ गते घटेको हो, घटनापछी गम्भीर घाइते बनेकी सांसद दुलारी देवीको काठमाडौँ स्थित  बी एन्ड बी अस्पतालमा उपचारको क्रममा दाइने खुट्टा काटिएको छ । उनको बायाँ खुट्टामा समेत गम्भीर चोट लागेको छ ।

दुलारी देवी एमालेको तर्फबाट सर्लाहकी समानुपातिक सांसद हुन्।