दलसिंह गिरी | चैत्र १५, कालिकोट | सवल र समृद्ध समाज रुपान्त्रणमा पैरवी गर्दै आइरहेका कालिकोटका नागरिक समाजका अगुवाहरु अब हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | चैत्र १५, कालिकोट | सवल र समृद्ध समाज रुपान्त्रणमा पैरवी गर्दै आइरहेका कालिकोटका नागरिक समाजका अगुवाहरु अब हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष त"/>
2026-09-15 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय निर्वाचनको निगरानी गर्ने नियोकमा नागरिक समाज

दलसिंह गिरी/चैत्र १५, कालिकोट | सवल र समृद्ध समाज रुपान्त्रणमा पैरवी गर्दै आइरहेका कालिकोटका नागरिक समाजका अगुवाहरु अब हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष तुल्याउन संगठित भएका छन् ।

नेपाल सरकारले स्थानीय स्तरको निर्वाचन संचालनका लागि निर्धारण गरेको समयसिमा नजिकिदै गर्दा निर्वाचन प्रणाली र प्रक्रियामा निरन्तर सुधार गर्न तथा निर्वाचनको स्वच्छता र निष्पक्षता अभिवृद्धि गर्न नागरिक समाज संगठित भएका हुन् ।

स्थानीय तह निर्वाचन स्वतन्त्र र निष्पक्ष बनाउनको लागि निर्वाचन आयोगले निर्धारण गरिएका प्रक्रिया र मापदण्डहरूको पालना भए नभएका कुरा निरिक्षण गर्न नागरिक समाजका अगुवा एवं नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षतामा राष्ट्रिय निर्वाचन परिवेक्षण समिति (नियोक) जिल्ला कार्यसमितिको गठन समेत गरिएको छ ।

उन्नाईस सदस्यीय जिल्ला समितिमा उपाध्यक्ष दिलु बम, सचिव लिलाराम न्यौपाने, कोषाध्यक्ष तुलसी नेपाली, सहसचिबमा दलसिंह गिरी रहनु भएको छ ।

निर्वाचन परिवेक्षक रहनुको मुख्य उद्देश्य निर्वाचन परिणामको स्वीकार्यतालाई अभिवृद्धि गर्न गोप्य मतदान बाहेकका निर्वाचनका अन्य प्रक्रियाहरूलाई अधिकतम पारदर्शी बनाउने, निर्वाचन प्रक्रियामा यसका मुख्य सरोकारवालाहरू संगको समन्वय र सहभागिता प्रवद्र्धन गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रियरूपमा आयोगको छवि प्रवद्र्धन गर्न आपसी सम्वन्धलाई विस्तार एवं सवलीकरण गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ